माघ १८, २०८२ आइतबार | १३:०३:३०
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

राष्ट्रिय टिममा डेढ वर्षपछि रञ्जितको पुनरागमन

काठमाडौं । रक्षक रञ्जित धिमालले करिव डेढ वर्षपछि राष्ट्रिय फुटबल टिममा स्थान बनाएका छन् ।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि दुई नयाँ अनुहारसहित अखिल नेपाल फुटबल संघ (एन्फा) ले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय पुरुष फुटबल टिमको घोषणा गर्दा टोलीमा रञ्जितले पनि स्थान बनाए ।

उनीहरु पछिल्लो पटक २०७७ साल चैतमा सम्पन्न थ्री नेसन्स कपमा राष्ट्रिय टिममा थिए । यस्तै, टिममा विवादका कारण तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिमबाहिर राखेका हाल नेपालमा रहेका सबै खेलाडीले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।

यता, पूर्व कप्तान नवयुग श्रेष्ठ भने टिममा अटाउन सकेनन् । यता, पूर्व कप्तानलाई नराख्दा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाँईले टिममा चार गोलकिपरलाई स्थान दिएका छन् ।

अल्मुताइरीसँग विवादका कारण सिनियर १० खेलाडी टिम बाहिर रहँदा नवयुगले कुवेतमा सम्पन्न एएफसी एसियन कप तेस्रो चरणको छनोटमा नेपालको कप्तान सम्हालेका थिए ।

टिममा थ्री स्टार क्लबका ऋतिक खड्का र चर्च ब्वाइज युनाइटेडका आशिष चौधरीले पहिलो पटक स्थान बनाएका छन् ।

नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ ।

नेपाली टिमः

गोलकिपरः किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

रक्षकः रोहित चन्द, अनन्त तामाङ, विकाश तामाङ, दीनेश राजवंशी, विकाश खवास, सुमन अर्याल, रञ्जित धिमाल

मिडफिल्डरः सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदेम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरजजिउ ठकुरी, एरिक विष्ट,

फरवार्डः विमल घर्तिमगर, अञ्जन विष्ट, ऋतिक खड्का, मनिष डांगी, आशिष चौधरी


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।