ढाका । बंगलादेशी महिला फुटबल टिमकी कप्तान सबिना खातुनले साफ च्याम्पियनसिपको उपाधि देशप्रति समर्पित गरेकी छन् । सोमबार सम्पन्न फाइनलमा आयोजक नेपालमाथि ३–१ गोलको जित निकाल्दै सबिना नेतृत्वको टिम पहिलो पटक च्याम्पियन बनेको थियो ।
च्याम्पियन बनेर बुधबार स्वदेश फर्किएपछिको पत्रकार सम्मेलनमा कप्तान सबिनाले भनिन्, ‘यो देशका नागरिकहरुले हामीप्रति देखाएको माया देखेर गर्वान्वित भएका छौं । यो उपाधि यो देशका नागरिकका लागि हो । हामीले राम्रो नतिजा ल्यायौं ।’
दशरथ रंगाशालामा बंगलादेशलाई च्याम्पियन बनाएकी सबिना सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडी पनि घोषित भएकी थिइन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
