माघ १५, २०८२ बिहीबार | १४:११:३७
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

किरणले सालाहसँग एकै क्लबबाट खेल्ने

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरणकुमार लिम्बू (चेम्जोङ) ले यस सिजन पन्जाब एफसीबाट भारतीय आइलिग खेल्दैछन् । क्लबसँगको सम्झौतासँगै किरण त्यसतर्फ प्रस्थान गरिसकेका छन् । राष्ट्रिय टिमको प्रशिक्षकण छाडेर किरण गत हप्ता भारत प्रस्थान गरेका थिए ।

किरण दुई वर्षपछि भारतीय लिगमा फर्किएका हुन् । यसअघि किरणले सन् २०१९-२० को सिजन पन्जाब एफसीबाट खेलेका थिए । त्यसपछि पहिलो फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) खेल्न धनगढी एफसीमा आवद्ध भएका थिए । सन् २०२१-२२ भने किरण माल्दिभ्सको माजिया आरसीमा अनबन्ध भएका थिए । माजियाले लिग जित्नुको साथै किरण लिगको सर्वोत्कृष्ट गोलरक्षक घोषित भएका थिए ।

यस सिजन भने किरण पन्जावसँग जोडिएका हुन् । पन्जावले किरणसँग यस सिजनका लागि मोहम्मद सालाहलाई पनि अनुबन्ध गरेको छ । तर, उनी इङ्लिस क्लब लिभरपुल क्लबका इजिप्सियन स्टार मोहम्मद सालाह भने होइनन् । उनी भारतीय लेफ्ट ब्याक हुन् । सालाहले श्रीनिधि डिकान एफसी र गोकुलम केरेलाको युथ टिमबाट खेलिसकेका छन् । गोकुलमले डुरान कप २०१९ जित्दा सालाह टिमको सदस्य थिए ।

आलिगको नयाँ सिजन अक्टोबर २०२२ देखि मार्च २०२३ सम्म गर्न प्रस्ताव गरिएको छ । यस पटक लिगको शीर्षस्थानमा रहने टिम इन्डियन सुपर लिग (आइएसएल) २०२३-२४ मा बढुवा हुनेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।