चैत्र १५, २०८२ आइतबार | ०५:०४:२५
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

लिभरपुलको खराब लय कायमै, एट्लेटिकोको जित

लन्डन । पियोर्ट जिलेन्स्कीले दुई गोल गर्नुका साथै अर्को एक गोलका लागि पास उपलब्ध गराएको खेलमा नेपोलीले बुधबार च्याम्पियन्स लिगमा लिभरपुललाई ४-१ ले निराश पारेको छ ।

नेपोलीले समूह ‘ए’ मा विजयी सुरुआत गर्दा लिभरपुलको जारी सिजनको खराब लयले भने च्याम्पियन्स लिगको पहिलो खेलमा पनि निरन्तरता पायो ।

लिभरपुलले इङलिस प्रिमियर लिगको सुरुआती ६ खेलमा लय अनुरुपको प्रदर्शन गर्न सकेको छैन । लिभरपुलले  प्रिमियर लिगको ६ खेलमा मात्र २ खेल जितेको छ ।

खेलको पाँचौ मिनेटमा जिलेन्स्कीले गरेको गोलमा नेपोलीले अग्रता लिएको थियो । त्यसको १३ मिनेटपछि नेपोलीले अग्रता बढाउने अवसर गुमाएको थियो । भिक्टर ओसिमहेन पेनाल्टीको अवसर सदुपयोग गर्न चुके ।

३१औं मिनेटमा एन्डर फ्रयांक जाम्बो एन्ग्वेसा र ४४औं मिनेटमा जियोभानी सिमोनीले गरेको गोलमा नेपोलीले पहिला हाफमा ३-० को अग्रता लिएको थियो ।

दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै जिलेन्स्किीले नेपोलीको अग्रता थप बढाए । ४९औं मिनेटमा लुइस लिडाजले गरेको गोल लिभरपुलका लागि सान्त्वना साबित भयो ।

समूह ‘ए’ कै अर्को खेलमा आयाक्सले सुखद सुरुआत गर्ने क्रममा रेन्जर्सलाई ४-० ले हरायो ।

त्यस्तै समूह ‘बी’ मा एट्लेटिको मड्रिडले एफसी पोर्टोलाई २-१ ले निराश पार्दा क्लब ब्रुजले बायर लेभरकुसनलाई १-० ले हरायो ।


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो