माघ १६, २०८२ शुक्रबार | ०१:००:२३
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

भुटानविरुद्ध सहज जितको लक्ष्यमा नेपाल

काठमाडौं । च्याम्पियन बन्ने लक्ष्यका साथ श्रीलंकाको कोलम्बोमा जारी साफ यु-१७ च्याम्पियनसिप २०२२ मा होमिएको नेपाली युवा टोलीले आज आफ्नो पहिलो खेलमा भुटानको सामना गर्नेछ । 

समूह ‘बी’ अन्तर्गतको खेलमा भुटानलाई हराएमा नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउने छ । शुक्रबार भारतविरुद्ध हुने समूह चरणको दोस्रो तथा अन्तिम खेल नेपाललाई समूह विजेताको दौडका लागि हुनेछ ।

खेल नेपाली समय अनुसार राती ८ः१५ मा कोलम्बोस्थित रेसकोर्सको अन्तर्राष्ट्रिय स्टेडिमयमा हुनेछ । 

-साफ यु१७ च्याम्पियनसिप २०२२ नेपाललाई दक्षिण एसियाली फुटबलको उमेर समूहमा दाबेदार टोलीको छबी फर्काने सुनौलो अवसर समेत बन्न सक्छ ।
सोमबार पहिलो खेलमा भुटानमाथि साविकको विजेता भारतले ३-० को जित निकालेको थियो । जसले उसको सेमिफाइनल प्रवेश सम्भावना बलियो पारेको थियो ।


प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई  समूहमा विभाजिन गरिएको छ । समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगादेश रहेको छ भने समूह ‘बी’ मा नेपाल, भारत र भुटान रहेका छन् ।

नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको तयारी राम्रो भएकाले भुटानविरुद्ध जितसहित सुखद सुरुआत गर्नेमा विश्वस्त रहेको बताए ।

‘हामीले प्रतियोगिताका लागि राम्रो तयारी गरेका छौ’, श्रेष्ठले भने, ‘कोलम्बो आएपछि पनि हामीले केही दिन प्रशिक्षण गर्यौ । टोलीमा खेलाडी सबै फिट छन् । त्यसैले हामी भुटानविरुद्ध जितसहित सुखद सुरुआत गर्नेमा विश्वस्त छौ ।’

यसअघि यु -१५ र १६ को उमेर समूहमा हुँदै आएको प्रतियोगिता यस पटकबाट भने यु१-७ को उमेर समूहमा आयोजना हुन लागेको हो  ।यो प्रतियोगिताको सातौ संस्करण हो । 

अहिले सम्म नेपालले यस प्रतियोगिताको उपाधि जित्न सकेको छैन । सन् २०१३, २०१७ र २०१९ मा फाइनल प्रवेश गरे पनि नेपाल उपविजेतामा सीमित भएको थियो । तीनै पटक नेपाल भारतसँग निराश भएको थियो ।

भुटानका प्रशिक्षक तासी हिदिहारु ताकाहासीले लगातारको वर्षाका कारण भारतविरुद्ध स्वभाविक लय अनुरुपको प्रदर्शन गर्न नसके पनि नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चारमा प्रवेश गर्नेमा आशाबादी रहेको बताए ।

यता समूह ए मा बंगलादेश बलियो देखिएको छ । बंगलादेशले पहिलो खेलमा आयोजक श्रीलंकामाथि ५–१ को रबाफिलो जित निकालेको थियो ।

आज हुने पहिलो खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।