चैत्र १७, २०८२ मंगलबार | ०२:४३:३३
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

भुटानविरुद्ध सहज जितको लक्ष्यमा नेपाल

काठमाडौं । च्याम्पियन बन्ने लक्ष्यका साथ श्रीलंकाको कोलम्बोमा जारी साफ यु-१७ च्याम्पियनसिप २०२२ मा होमिएको नेपाली युवा टोलीले आज आफ्नो पहिलो खेलमा भुटानको सामना गर्नेछ । 

समूह ‘बी’ अन्तर्गतको खेलमा भुटानलाई हराएमा नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउने छ । शुक्रबार भारतविरुद्ध हुने समूह चरणको दोस्रो तथा अन्तिम खेल नेपाललाई समूह विजेताको दौडका लागि हुनेछ ।

खेल नेपाली समय अनुसार राती ८ः१५ मा कोलम्बोस्थित रेसकोर्सको अन्तर्राष्ट्रिय स्टेडिमयमा हुनेछ । 

-साफ यु१७ च्याम्पियनसिप २०२२ नेपाललाई दक्षिण एसियाली फुटबलको उमेर समूहमा दाबेदार टोलीको छबी फर्काने सुनौलो अवसर समेत बन्न सक्छ ।
सोमबार पहिलो खेलमा भुटानमाथि साविकको विजेता भारतले ३-० को जित निकालेको थियो । जसले उसको सेमिफाइनल प्रवेश सम्भावना बलियो पारेको थियो ।


प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई  समूहमा विभाजिन गरिएको छ । समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगादेश रहेको छ भने समूह ‘बी’ मा नेपाल, भारत र भुटान रहेका छन् ।

नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको तयारी राम्रो भएकाले भुटानविरुद्ध जितसहित सुखद सुरुआत गर्नेमा विश्वस्त रहेको बताए ।

‘हामीले प्रतियोगिताका लागि राम्रो तयारी गरेका छौ’, श्रेष्ठले भने, ‘कोलम्बो आएपछि पनि हामीले केही दिन प्रशिक्षण गर्यौ । टोलीमा खेलाडी सबै फिट छन् । त्यसैले हामी भुटानविरुद्ध जितसहित सुखद सुरुआत गर्नेमा विश्वस्त छौ ।’

यसअघि यु -१५ र १६ को उमेर समूहमा हुँदै आएको प्रतियोगिता यस पटकबाट भने यु१-७ को उमेर समूहमा आयोजना हुन लागेको हो  ।यो प्रतियोगिताको सातौ संस्करण हो । 

अहिले सम्म नेपालले यस प्रतियोगिताको उपाधि जित्न सकेको छैन । सन् २०१३, २०१७ र २०१९ मा फाइनल प्रवेश गरे पनि नेपाल उपविजेतामा सीमित भएको थियो । तीनै पटक नेपाल भारतसँग निराश भएको थियो ।

भुटानका प्रशिक्षक तासी हिदिहारु ताकाहासीले लगातारको वर्षाका कारण भारतविरुद्ध स्वभाविक लय अनुरुपको प्रदर्शन गर्न नसके पनि नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चारमा प्रवेश गर्नेमा आशाबादी रहेको बताए ।

यता समूह ए मा बंगलादेश बलियो देखिएको छ । बंगलादेशले पहिलो खेलमा आयोजक श्रीलंकामाथि ५–१ को रबाफिलो जित निकालेको थियो ।

आज हुने पहिलो खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो