चेल्सी नेपाल

चेल्सी नेपालले मनायो १४औं वार्षिकोत्सव

काठमाडौं । चेल्सी फुटबलको आधिकारिक समर्थक समूह ‘चेल्सी नेपाल अफिसियल सपोर्टर्स क्लब’ले १४औं वार्षिकोत्सव सोमबार मनाएको छ । सन् २००८ मा स्थापना भएको नेपालको पहिलो आधिकारिक समर्थक समूहले नेपालमा नियमित फुटसल प्रतियोगिता तथा समाजसेवाको क्षेत्रमा काम गर्दै आएको छ ।

यसबाहेक चेल्सी फुटबल क्लबका खेलहरु स्क्रिनिङ तथा क्लबसँग जोडिएका विशेष अवसरहरु मनाउँदै आएको नेपालका सचिव शलिल श्रेष्ठले जानकारी दिए । सोमबार पनि चेल्सी नेपालले फुटसल प्रतियोगिताको आयोजना गरेको थियो ।

करिब एक महिना अगाडि खुलेको चेल्सी नेपालको सदस्य बन्ने आवेदनको आज अन्तिम दिन हो । चेल्सी नेपालको सदस्य बन्दा विभिन्न रेस्टुरेन्ट, सपिङ सेन्टरमा छुटका साथै विभिन्न एसोसेरिज प्राप्त गर्ने श्रेष्ठले बताए ।