चैत्र १३, २०८२ शुक्रबार | १०:३७:०९
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

आर्सनलको जित यात्रा कायमै, हाल्यान्डको दोस्रो ह्याट्रिक

लन्डन । इङलिस प्रिमियर लिगमा आफ्नो जित यात्रालाई पाँच खेल सम्म कायम गर्ने क्रममा आर्सनलले बुधबार एस्टन भिल्लालाई २-१ले हराएको छ । 

आर्सनलसँगको हारले भिल्लाका प्रशिक्षक स्टेफिन जेडारर्डमाथिको दबाब भने बढाइदिएको छ । भिल्लाको यो पाँच खेलमा चौथो हार हो ।

३०औं मिनेटमा ग्याब्रियल जिजसले गरेको गोलमा आर्सनले अग्रता लिएको थियो । ७७औं मिनेटमा लुइजले भिल्लालाई खेलमा फर्काएका थिए । त्यसको तीन मिनेटपछि नै ग्याब्रियल मार्टिलेनीले आर्सनललाई अग्रता दिलाएका थिए । जुन गोल मिकेल अर्टेटाको टोलीलाई जारी सिजन अपराजित यात्रालाई निरन्तरता दिन पर्याप्त बन्यो ।

शीर्ष स्थानको आर्सनलको ५ खेलमा १५ अंक छ भने दोस्रो स्थानको म्यानचेस्टर सिटीको समान खेलमा १३ अंक छ । तेस्रो स्थानको टोटनहमको ११ अंक छ ।

आर्सनलले सन् २००४-५ सिजनपछि प्रिमियर लिगको सुरुआती ५ खेल जितेको यो पहिलो पटक हो । 

त्यस्तै सिटीले पनि अपराजित यात्रा कायम राख्ने क्रममा नटिङघम फरेस्टमाथि ६-० को जित निकालेको छ ।

सिटीको सहज जितमा स्ट्राइकर एर्लिङ हाल्यान्डले ह्याट्रिक पूरा गर्दा अल्भारेजले दुई र कान्सेलोले एक गोल गरे । 

गत साता क्रिस्टल प्यालेसविरुद्ध २-० ले पछि परेको स्थितीमा पुनरागमन गर्दै सिटीले ४-२ को जित निकालेको थियो ।  सो खेलमा पनि हाल्यान्डले ह्याट्रिक पूरा गरेका थिए । जारी सिजन उनले पाँच खेलमा नौ गोल गरिसकेका छन् ।

त्यस्तै लिभरपुलले न्युक्यासल युनाइटेडलाई २-१ ले हराउँदा टोटनहम भने वेस्ट हमसँग १-१ को बराबरीमा रोकिएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो