माघ १५, २०८२ बिहीबार | ०७:५२:५६
सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित

आर्सनलको जित यात्रा कायमै, हाल्यान्डको दोस्रो ह्याट्रिक

लन्डन । इङलिस प्रिमियर लिगमा आफ्नो जित यात्रालाई पाँच खेल सम्म कायम गर्ने क्रममा आर्सनलले बुधबार एस्टन भिल्लालाई २-१ले हराएको छ । 

आर्सनलसँगको हारले भिल्लाका प्रशिक्षक स्टेफिन जेडारर्डमाथिको दबाब भने बढाइदिएको छ । भिल्लाको यो पाँच खेलमा चौथो हार हो ।

३०औं मिनेटमा ग्याब्रियल जिजसले गरेको गोलमा आर्सनले अग्रता लिएको थियो । ७७औं मिनेटमा लुइजले भिल्लालाई खेलमा फर्काएका थिए । त्यसको तीन मिनेटपछि नै ग्याब्रियल मार्टिलेनीले आर्सनललाई अग्रता दिलाएका थिए । जुन गोल मिकेल अर्टेटाको टोलीलाई जारी सिजन अपराजित यात्रालाई निरन्तरता दिन पर्याप्त बन्यो ।

शीर्ष स्थानको आर्सनलको ५ खेलमा १५ अंक छ भने दोस्रो स्थानको म्यानचेस्टर सिटीको समान खेलमा १३ अंक छ । तेस्रो स्थानको टोटनहमको ११ अंक छ ।

आर्सनलले सन् २००४-५ सिजनपछि प्रिमियर लिगको सुरुआती ५ खेल जितेको यो पहिलो पटक हो । 

त्यस्तै सिटीले पनि अपराजित यात्रा कायम राख्ने क्रममा नटिङघम फरेस्टमाथि ६-० को जित निकालेको छ ।

सिटीको सहज जितमा स्ट्राइकर एर्लिङ हाल्यान्डले ह्याट्रिक पूरा गर्दा अल्भारेजले दुई र कान्सेलोले एक गोल गरे । 

गत साता क्रिस्टल प्यालेसविरुद्ध २-० ले पछि परेको स्थितीमा पुनरागमन गर्दै सिटीले ४-२ को जित निकालेको थियो ।  सो खेलमा पनि हाल्यान्डले ह्याट्रिक पूरा गरेका थिए । जारी सिजन उनले पाँच खेलमा नौ गोल गरिसकेका छन् ।

त्यस्तै लिभरपुलले न्युक्यासल युनाइटेडलाई २-१ ले हराउँदा टोटनहम भने वेस्ट हमसँग १-१ को बराबरीमा रोकिएको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।