चैत्र ८, २०८२ आइतबार | ००:४२:४८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

फेरी फाइनलमा भारत नै तगारो

काठमाडौं । दक्षिण एसियाली फुटबलमा नेपाल र भारत चिरप्रतिद्धन्दी मुलुक हुन् ।

विगतको इतिहासलाई पल्टाएर हेर्ने हो भने नेपालले भारतलाई प्राय प्रतियोगितामा हराउन सकेको छैन । तर, सन् २०१९ मा भारतको ओडिसामा भएको हिरो गोल्डकपको दौरान नेपाली महिला टिमले पहिलो पटक घरेलु टिमलाई २-१ ले हराएको थियो ।

यसअघिको प्रतियोगितामा भारत र नेपाल आमनेसामने भए पनि महिला टिमले कहिल्यै जित निकाल्न सकेको थिएन ।

पहिलो पटक घरेलु मैदानमै भारतीय टिमलाई हराएको नेपालले हिरो गोल्डकपको फाइनलमा म्यानमारलाई ३-१ को नतिजा सुम्पिदै उपविजेता बनेको थियो । सोही लयलाई कायम राख्दै नेपाली टिम साफ च्याम्पियनसिपको पाँचौ संस्करणमा च्याम्पियन बन्ने उद्देश्यका साथ विराटनगर पुगेको थियो ।

२०७५ सालमा विराटनगरस्थित शहिद रंगशालामा फागुन २८ गतेदेखि चैत आठ गतेसम्म सञ्चालन भएको थियो ।

प्रतियोगिताको पहिलो खेलमा भुटानलाई ३-० ले हराउँदा नेपालका लागि मञ्जलीकुमारी योञ्जन, सावित्रा भण्डारी र निरु थापाले एक-एक गोल गरेका थिए ।

दोस्रो खेलमा बंगलादेशमाथि ३-० को नतिजा निकाल्दा सावित्रा र मञ्जलीले एक-एक गोल गर्दा बंगलादेशरी मसुरा प्रवीनबाट आत्मघाती गोल भएको थियो ।

समूह ‘ए’ मा सतप्रतिशत जित निकाल्दै सेमिफाइनलमा पुगेको नेपालले समूह ‘बी’ मा तीन अंक जोड्दै उपविजेताको रुपमा आएको श्रीलंकालाई ४-० को नतिजामा हराएको थियो । जसमा पुनम जर्घा मगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक-एक गोल गरेका थिए ।

सेमिफाइनलको दोस्रो खेलमा समूह ‘बी’ को विजेता भारतले समूह ‘ए’ को उपविजेता बंगलादेशलाई ४-० को नतिजामा हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गर्यो ।

लगातार चौथो पटक साफमा हारको बदला लिने लक्ष्यमा रहेको नेपालका लागि हिरो गोल्डकपमा भारतलाई हराउँदा आत्मविश्वास बढेको थियो । तर, खेलाडीमा बढी आत्मविश्वास र राम्रो रणनीति नहुँदा भारतलाई ३-१ को नतिजा सुम्पिन बाध्य भएको मुख्य प्रशिक्षक हरी खड्काले बताए ।

‘हामीले उनीहरुकै घरेलु मैदानमा हराउँदा आत्मविश्वास बढेको थियो । लगातार चार हारको बदला लिन सक्छौ भन्ने लागेको थियो । त्यसैले भारतसँगको खेलअघि हाम्रो कमीकमजोरी र विपक्ष टिमको बारेमा एनालाइसिस गरिँन । यहीं गल्ती भयो,’ उनले भने, ‘पहिलो हाफमा भारतले अग्रता लिए पनि हामीले फर्काएका थियौ । त्यसपछि दुई-तीन पटक पाएको मौकालाई सदुपयोग गर्न सकेनौ । पहिलो हाफमा जस्तै दोस्रो हाफमा पनि अट्याकिङ नै खेलाए । मैले डिफेन्स राम्रो बनाएर अट्याकिङ खेलाएको भए हुने रहेछ । डिफेन्स लाइन राम्रो नहुँदा गोल खान पुग्यौ । यसमा मेरै गल्ती छ ।’

हिरो गोल्डकप तथा त्यसअघि ओलम्पिक छनोट खेलेर आएको नेपाल टिमले त्यतिबेला प्रतियोगिताको अनुभव धेरै लिएको थियो । साफ च्याम्पियनसिपको तयारी स्वरुप महिला टिमले विराटनगरमा डेढ, दुई महिनाको बन्द प्रशिक्षणमा बसेको थियो ।

साफ च्याम्पियनसिपको छैटौं संस्करण भदौ २१ देखि असोज तीन गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा यो पटक साविक विजेता भारत सहभागी नहुने प्रवल सम्भावना छ । सोमबार फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै भारतीय फुटबल महासंघलाई अनिश्चित समयका लागि निलम्बन गरेको थियो । जसको प्रत्यक्ष फाइदा नेपालले उठाउन सक्ने पूर्व कप्तान निरु थापाले बताइन् ।

‘अहिले सबै देशका खेलाडीहरु अनुभवी र राम्रो भइसकेका छन् । भारतको अनुपस्थितिमा यो पटक हामीलाई उपाधि जित्ने अवसर छ । बंगलादेश पनि राम्रो भइसकेको छ । स्कोरिङ लाइनमा साम्बा (सावित्रा भण्डारी) र डिफेन्सिभ लाइनमा सबै खेलाडीले चलेर खेल्यो भने राम्रो हुन्छ,’ उनले भनिन्, ‘हामीले सुरुआतमै गोल हान्यौ भने उपाधि जित्न सजिलो हुन्छ ।’

पाँचौं संस्करणको साफमा २० सदस्यीय नेपाली टिमले प्रतिस्पर्धा गरेका थिए । जसमा एन्जिला तोम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, हिरीकुमारी भुजेल, गीता राना मगर, पुनम जर्घा मगर, अमृता जैसी, कविता धिमाल, पुजा राना, मनमायाँ लिम्बु, अनिता बस्नेत, दिपा राई, मञ्जलीकुमारी योञ्जन, सर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी, रेखा पौडेल, निरु थापा (कप्तान), सावित्रा भण्डारी थिए ।

प्रतियोगिता अवधिभर समान चार गोल गरेका भारतकी इन्दुमती र नेपालकी सावित्रा सर्वाधिक गोलकर्ता बनेका थिए ।  

पहिलो संस्करणबाट सहभागिता जनाउँदै आएको नेपालले पाँचौ संस्करणसम्म आइपुग्दा फाइनल पुग्न कठिन जित निकाल्नु परेको तथा गोल संख्या पनि कम गर्दै आएको देखिन्छ ।

पहिलो साफको सेमिफाइनलमा बंगलादेशलाई ३-० ले हराएको नेपालले तेस्रो साफमा बंगलादेशमाथि सेमिफाइनलमा नै १-० को कठिन जित निकालेको थियो । त्यो पनि नेपालले पेनाल्टीमार्फत गोल गरेको थियो ।

यसैगरी तेस्रो साफबाट सहभागिता जनाउन लागेको भुटानमाथि नेपालले दुवै पटक ८-० को नतिजामा हराएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो