चैत्र १३, २०८२ शुक्रबार | १७:३९:२२
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा नेपाली महिला टिमको प्रशिक्षण सुरु

काठमाडौं । आसन्न साफ महिला च्याम्पिन्सको छैटौ संस्करणको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टिमले आज (बुधबार) दशरथ रंगशालामा प्रशिक्षण सुरु गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो पटक प्रशिक्षण गरिरहेको महिला टिमले यसअघि जावलाखेल युथ क्लबको मैदान र अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा प्रशिक्षण गरेको थियो ।

आगामी भदौ २१ देखि असोज तीन गतेसम्म रंगशालामा नै हुने प्रतियोगिताको लागि मुख्य प्रशिक्षक कुमार थापाको नेतृत्वमा ३५ सदस्यीय खेलाडी प्रशिक्षणरत छन् ।

लगातार पाँच संस्करणसम्म आइपुग्दा नेपालले भारतलाई चार पटक फाइनलमा र एक पटक सेमिफाइनलमा पराजित भएको थियो । तर, यो पटक फिफाको निलम्बनमा परेको भारतले साफमा सहभागिता जनाउने सम्भावना निकै कम छ ।

यो पटक टिममा डिफेन्डर पुजा राना मगर र कप्तान रेनुका नगरकोटी हुने छैनन् । पुजाको बायाँ खुट्टा फ्याक्चर र रेनुकाको बायाँ क्ल्यारिकल (ब्युटिबोन) फ्याक्चरका कारण आराममा छन् ।

भदौ २१ देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटानले प्रतिस्पर्धा गर्नेछन् । साफको तेस्रो संस्करणबाट सहभागिता जनाउन लागेको भुटानले यसअघि साफमा नेपालसँग तीन पटक आमनेसामने भइसकेको छ । जसमा नेपालले तीनै पटक भुटानलाई हराएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो