चैत्र १६, २०८२ सोमबार | १८:३५:३६
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

यु २० साफको उपाधि भारतलाई

भुवनेश्वर । गुरकिरत सिंहको चार गोलप्रेरित आयोजक भारतले यु २० साफ च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ । शुक्रबार भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको फाइनलमा भारतले बंगलादेशलाई ५–२ ले पराजित गर्दै उपाधि जितेको हो ।

भारतको जितमा गुरकिरतले चार गोल गर्दा अर्को एक गोल हिमान्सु जङ्ग्राले गरे ।

खेलको निर्धारित समय भने २–२ को बराबरीमा टुङ्गिएको थियो । त्यसपछि अतिरिक्त समयमा भारतले तीन गोल थप्दै उपाधि सुनिश्चित गर्यो ।

खेलको दोस्रो मिनेटमै गुरकिरत सिंहले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।

बंगलादेशका गोलकिपर मोहम्मद आसिफले भारतका गुरकिरत सिंहलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा गुरकिरत आफैले कुनै गल्ति गरेनन् ।

तर, हाफ टाइमका लागि अन्तिम मिनेट बाँकी रहँदा मोहम्मद राजोनले गोल गर्दै बंगालादेशलाई खेलमा फर्काएका थिए ।

४८औं मिनेटमा साहिन मियाँले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६१औं मिनेटमा भारतका गुरकिरतले नै गोल गर्दै घरेलु टिमलाई बराबरीमा फर्काएका थिए । यसपछि खेलको ९२औं मिनेटमा भारतका हिमान्सुले पुनः अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपछि गुरकिरतले ह्याट्रिक गर्दै घरेलु टिमको अग्रता अझ फराकिलो पारे । खेलको ९९औं मिनेटमा गुरकिरतले नै व्यक्तिगत चौथो तथा टिमका लागि गोल गरे ।

यसअघि भारत लिग चरणमा बंगादेशसँग २–१ ले पराजित भएको थियो । भारतले प्रतियोगिताका पाँच खेलमध्ये चार खेलमा जित निकाल्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो