माघ १७, २०८२ शनिबार | १४:५२:३६
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

मानेसँग डराउँदैनौः फिसर

बर्लिन । सेनेगलका स्ट्राइकर साडियो मानेले जर्मन बुन्डेसलिगामा एक खेल पनि खेलेका छैनन । तर लिग सुरु हुनु अघि  नै उनको आलोचना भने सुरु भइसकेको छ ।

माने लिभरपुलबाट नयाँ सिजनका लागि  जर्मन बुन्डेसलिगा महारथी बायर्न म्युनिख भित्रिएका थिए । बायर्नले  इन्ट्राक्ट फ्रयांकफर्टविरुद्ध खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ । मानेको आलोचना गर्नेमा सबैभन्दा अघि देखिएका छन् फ्रयांकफर्टका अध्यक्ष पिटर फिसर ।  फ्रयांकफर्टले मे मा युरोपा लिगको उपधि जितेको थियो ।

फ्रयांकफर्टले आगामी बुधबार युइएफए सुपर कपमा च्याम्पियन्स लिग विजेता  रियाल मड्रिडको सामना गर्नेछ । फ्रयांकफर्टले ११औं स्थानमा बस्दै गत सिजनको अन्त्य गरेको थियो ।

बायर्नबाट गत सिजन ५० गोल गरेका स्ट्राइकर रोबर्ट लेवान्डोवस्की छैनन । उनी केही साता अघि मात्र बायर्नको आठ वर्षको यात्रामा पूर्णविराम लगाउँदै स्पेनिस ला लिगको क्लब बार्सिलोनामा अनुबन्ध भएका थिए ।

‘बायर्नका लागि लेवान्डोवस्की प्रमुख खेलाडी रहँदै आएका थिए’, फिसरले भने, ‘तर यस सिजन उनी अन्यत्र गइसकेका छन् । मानेका लागि बुन्डेसलिगामा यो नयाँ सिजन हो र नयाँ लिगमा अभ्यस्त हुन समय लाग्छ । उनी बायर्नमा आउँदैमा हाम्रो टोली उनीसँग डराएको छैन । पहिलो खेलमा बायर्नलाई प्रतिद्धन्द्धीको रुपमा पाउँदा उत्साही छौ । हामी जितका लागि खेल्छौ नभए अंक बाँड्ने प्रयास हुनेछ । तर मानेसँग डराएर सहजै नतिजा सुम्पिदैनौ ।’

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।