माघ १८, २०८२ आइतबार | १७:१२:३५
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

प्रशिक्षक अल्मुताइरी नेपाल फर्किन इच्छुक

काठमाडौं । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै गत सोमबार पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ अध्यक्षमा निर्वाचित भए ।

बुढानिलकण्ढ स्थित पार्क भिलेजमा अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको मात्रै पूर्ण नतिजा आएको थियो । सदस्यको भने गणना जारी थियो ।

यहि समय नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले नेपाली फुटबललाई भविष्यको कामना सहित नेपाली फ्यान्सलाई धन्यवाद दिँदै नेपाली टिमसँग काम नगर्ने संकेत गरेका थिए । तर, सामाजिक संजालको स्टोरी अब्दुल्लाहले केहि समयमै हटाए ।

प्रतिक्रिया स्वभाविक थियो, चुनावी नतिजा अब्दुल्लाहले चाहेको जस्तो थिएन । उनी निकट मानिएका शेर्पा अध्यक्ष पदमा पराजित भए । अब्दुल्लाहले यस अघि नै शेर्पाबाहेक अरु अध्यक्षसँग काम गर्न नसक्ने बताएका थिए ।

नयाँ कार्यसमितिले बुधबार नै सपथ खायो । तत्काल बसेको कार्यसमितिको बैठकले एन्फाको महासचिव र कोषाध्यक्ष क्रमशः किरण राई र रविन्द्र जोशीलाई नियुक्त गर्नेसँगै सात बुँदामा रहेर केहि निर्णय गर्याे ।

महत्वपूर्ण अर्काे निर्णयमा प्रशिक्षक अब्दुल्लाहसँग विवादपछि टिम बाहिर रहेका १० खेलाडीलाई राष्ट्रिय टिममा सहभागी गराउने निर्णय गर्याे । यस्तै प्रशिक्षकको हकमा भने नीज प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरि छानविन समितिको सुझाव कार्यन्वयन गर्न सचिवालयलाई निर्देशन दियो । अर्थात उनको विकल्प खोज्न आग्रह गरियो ।

निर्णयसँगै एन्फाका नवनियुक्त महासचिव किरण राईले प्रशिक्षक अब्दुल्लाहसँग सम्पर्क भएको र अब्दुल्लाह नेपाल फर्कन इच्छुक भएको बताएका छन् ।

‘प्रशिक्षकसँग सम्पर्क भएको थियो । उहाँ नेपाल आउन इच्छुक हुनुहुन्छ,’ राईले भने ।

गत महिना नेपाली टिम १० खेलाडीलाई बाहिर राख्दै कुवेतमा भएको एएफसी एसियक कप २०२३ छनोट खेलेको थियो । तीन खेल खेलेर नेपाली टिम घर फर्कदा प्रशिक्षक अब्दुल्लाह भने तीन महिना विदा लिएर कुवेतमै बसे ।

महासविच किरण राईले प्रशिक्षक अब्दुल्लाहसँग आगामी दिनको योजना मागेको र सो समेत प्राप्त भईसकेको बताए । प्रशिक्षक अब्दुल्लाहले समेत योजना सार्वजनिक गरेका छन् ।

प्रशिक्षक अब्दुल्लाहले आफ्नो अर्काे लक्ष्य फिफा विश्वकप २०२६ छनोट, एसियन कप २०२७ छनोट र साफ च्याम्पियनसिप २०२३ रहेको बताएका छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।