चैत्र १८, २०८२ बुधबार | ०३:३१:४२
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

भल्भर्देले बिल्बाओको प्रशिक्षण सम्हाल्ने निश्चित

मड्रिड । क्लबको नयाँ अध्यक्षमा जोन युरियर्टे निर्वाचित भएसँगै स्पेनिस क्लब एथ्लेटिक बिल्बाओको प्रशिक्षण अर्नेस्टो भल्भर्देले सम्हाल्ने निश्चित भएको छ ।

भल्भर्देले यसअघि दुई पटक बिल्बाओको प्रशिक्षण सम्हालेका थिए । उनले पहिलो पटक सन् २००३ देखि २००५ सम्म र दोस्रो पटक सन् २०१३ देखि २०१७ सम्म बिल्बाओको प्रशिक्षण सम्हालेका थिए । भल्भर्दे बिल्बाओको इतिहासमा सबैभन्दा धेरै खेलसम्म टिमको प्रशिक्षण सम्हाल्ने प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा बिल्बाओले तीन सय ६ खेल खेलेको छ ।

दोस्रो कार्यकालका भल्भर्दे बिल्बाओबाट सन् २०१५/१६ को स्पेनिस सुपरकोपाको उपाधि जितेका थिए । यसक्रममा बिल्बाओले फाइनलमा ५-१ ले पराजित गरेको थियो ।

यसअघि सन् २०१७ मा बार्सिलोनाले भल्भेर्देलाई क्लबको मुख्य प्रशिक्षण सुम्पिएको थियो । बार्सिलोनाबाट भल्भेर्दोले दुई पटक ला लिगा र एक कोपा डेल रेको उपाधि जितेका थिए । तर, सन् २०१८ को च्याम्पियन्स लिगमा असफल भएपछि बार्सिलोनाले उनलाई सन् २०१९ मा बर्खास्त गरेको थियो ।

पछिल्लो हप्ता बिल्बाओको निर्वाचनअघि अध्यक्षका उम्मेदवार युरियटले भल्भर्देलाई क्लबको प्रशिक्षक बनाउने बताएका थिए । यस्तै, अध्यक्षका अर्का उम्मेदवार रिकार्डो बार्कला पनि भल्भर्देको पक्षमा थिए । तर, अध्यक्ष पदका अर्का उम्मेदवार इनाकी अर्चबालेटाले भने आफूले जिते अर्जेन्टिनी प्रशिक्षक मार्सेलो बियल्सालाई प्रशिक्षक बनाउने घोषणा गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो