असार ३१, २०८२ मंगलबार | १५:४०:२१
एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग लाकेनले कम्बोडियन लिग खेल्ने श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग लाकेनले कम्बोडियन लिग खेल्ने श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित

भारतीय फुटबललाई फिफाको चेतावनी

नयाँ दिल्ली ।  विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) लाई प्रतिबन्धबाट बच्नका लागि सेप्टेम्बर १५ सम्ममा निर्वाचन सक्नुपर्ने अल्टिमेटम दिएको छ ।

भारतको उच्च अदालतले गत महिना समयमै चुनाव गराउन नसकेको र भारतको खेलकुद संहिताले तोकेको नियमहरु अनुरुप नियम परिमार्जन गर्न नसकेको भन्दै एआइएफएफको कार्यकारी समितिलाई भंग गरेको थियो ।

यसपछि अदालतले एआइएफएफ सञ्चालन गर्न र विगत १८ महिनादेखि रोकिएको निर्वाचन गर्न तीन सदस्यीय समिति बनाएको थियो ।

फिफा फुटबलमा राजनीतिक गतिविधिलाई पूर्णरुपमा बन्देज गर्दछ, यस्तो भएको प्रतिबन्ध लगाउने गर्दछ । हाल दक्षिण एसियाको पाकिस्तान फिफाको प्रतिबन्धमा छ ।

फिफा र एसियन फुटबल कन्फेडेरेसनले एफसीका महासचिव विन्ड्सोर जोनको नेतृत्वको टिममार्फत भारतीय फुटबलका पदाधिकारी र खेलकुद मन्त्री अनुराग ठाकुरलाई भेटेर तोकिएको समयमा निर्वाचन गराउन चेतावनी दिएको हो ।

‘एआइएफएफले फिफा र एएफसीको सिद्धान्तअनुसार नयाँ विधान बनाउन आवश्यक छ । भारतले हामीले दिएको मितिअनुसार आफ्नो निर्वाचन गर्ने आशा पनि व्यक्त गरेका छौँ,’ एएफसीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

एआइएफएफ फिफाको प्रतिबन्धमा परेमा भारतले यु १७ महिला विश्वकप आयोजनाको अधिकार गुमाउने छ । जुन यसै वर्षको अक्टोबरमा हुने तालिका छ । यस्तै, भारतीय राष्ट्रिय टिम र क्लबहरु अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित हुनेछन् ।


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH