माघ १६, २०८२ शुक्रबार | १०:३८:४६
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

विशाल, रन्जित, छिरिङ एनआरटीमा आवद्ध, प्रशिक्षकमा सिन्केमान

काठमाडौं । मछिन्द्र फुटबल क्लबलाई लगातार दुई सिजन सहिद स्मारक ए डिभिजन लिग उपाधि जिताएका मिडफिल्डर विशाल राई तथा दुई रक्षक रन्जित धिमाल र छिरिङ गुरुङ  न्युरोड फुटबल टिम (एनआरटी) अनुबन्ध भएका छन् ।

मलेसियामा एनआरटीले प्रि सिजनका लागि टिवाइटी कप खेल्दैछ । जसका लागि मछिन्द्रले केही अन्तर्राष्ट्रिय खेलाडीसहित नेपाली खेलाडी अनुबन्ध गरेको हो ।

एनाअरटीले मिडफिल्डर विशाल तथा रक्षक रन्जितसहित छिरिङलाई अनुबन्ध गरेको हो । यस्तै, युवा मिडफिल्डर गौरव बुढाथोकी र रुमेश बर्ताैलालाई समेत अनुबन्ध गरेको स्रोतले बताएको छ ।

संकटाका मिडफिल्डर सुभाष गुरुङ, थ्री स्टारबाट संजोक राईलाई अनुबन्ध गरेको छ । यस्तै, गोलरक्षकमा क्यामरुनका २२ वर्षीय टोलो ल्यान्ड्रीलाई अनुबन्ध गरेको छ । विक्रम धिमाल, शिव गुरुङ र पुजन होडालाईइ निरन्तर दिएको छ । यता, दर्शम गुरुङ र एरिक बिष्ट टिम बाहिर छन् ।

प्रशिक्षकमा भने राजुकाजी शाक्यलाई जीवन सिन्केमानले प्रतिस्थापन गरेका छन् । सिन्केमानको ए लाइसेन्स रहेको छ ।

विशाल र रन्जितले २०७६ र ७८ मा मछिन्द्रबाट खेल्दै लिग उपाधि जिताउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । त्यस अघि  ७५ सालमा विशाल मनाङ मस्र्याङ्दी क्लबले आठौं पटक लिग उपाधि जित्दा टोलीका सदस्य थिए । यता, रन्जित थ्रीस्टार क्लबमा आवद्ध थिए ।

यता, विदेशी खेलाडीमा भने एनआरटीले मेसौके ओलोमोउ र स्टेफन समिरसहित आन्द्रे थेरी वियिक वियिक अनुबन्ध गरेको छ । यता, दक्षिण एसियाली कोटामा जावलाखेलबाट लिग खेलेका भारतीय मिडफिल्डर निकालोस  फर्नान्डेजलाई अनुबन्ध गरेको छ ।

एनआरटीले मलेसियाको पेनाङमा  २८ जुनदेखि दुई जुलाईसम्म हुने प्रतियोगितामा मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको  लिग टू क्लब कारो प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताअन्तर्गत एनआरटीले ३० जुनमा कारो एफसी र २ जुलाईमा पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्ने छ। लिगको अंकको आधारमा विजेता र उपविजेता टोलिको टुङ्गो लाग्ने छ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।