चैत्र १७, २०८२ मंगलबार | ०४:२३:१७
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

विशाल, रन्जित, छिरिङ एनआरटीमा आवद्ध, प्रशिक्षकमा सिन्केमान

काठमाडौं । मछिन्द्र फुटबल क्लबलाई लगातार दुई सिजन सहिद स्मारक ए डिभिजन लिग उपाधि जिताएका मिडफिल्डर विशाल राई तथा दुई रक्षक रन्जित धिमाल र छिरिङ गुरुङ  न्युरोड फुटबल टिम (एनआरटी) अनुबन्ध भएका छन् ।

मलेसियामा एनआरटीले प्रि सिजनका लागि टिवाइटी कप खेल्दैछ । जसका लागि मछिन्द्रले केही अन्तर्राष्ट्रिय खेलाडीसहित नेपाली खेलाडी अनुबन्ध गरेको हो ।

एनाअरटीले मिडफिल्डर विशाल तथा रक्षक रन्जितसहित छिरिङलाई अनुबन्ध गरेको हो । यस्तै, युवा मिडफिल्डर गौरव बुढाथोकी र रुमेश बर्ताैलालाई समेत अनुबन्ध गरेको स्रोतले बताएको छ ।

संकटाका मिडफिल्डर सुभाष गुरुङ, थ्री स्टारबाट संजोक राईलाई अनुबन्ध गरेको छ । यस्तै, गोलरक्षकमा क्यामरुनका २२ वर्षीय टोलो ल्यान्ड्रीलाई अनुबन्ध गरेको छ । विक्रम धिमाल, शिव गुरुङ र पुजन होडालाईइ निरन्तर दिएको छ । यता, दर्शम गुरुङ र एरिक बिष्ट टिम बाहिर छन् ।

प्रशिक्षकमा भने राजुकाजी शाक्यलाई जीवन सिन्केमानले प्रतिस्थापन गरेका छन् । सिन्केमानको ए लाइसेन्स रहेको छ ।

विशाल र रन्जितले २०७६ र ७८ मा मछिन्द्रबाट खेल्दै लिग उपाधि जिताउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । त्यस अघि  ७५ सालमा विशाल मनाङ मस्र्याङ्दी क्लबले आठौं पटक लिग उपाधि जित्दा टोलीका सदस्य थिए । यता, रन्जित थ्रीस्टार क्लबमा आवद्ध थिए ।

यता, विदेशी खेलाडीमा भने एनआरटीले मेसौके ओलोमोउ र स्टेफन समिरसहित आन्द्रे थेरी वियिक वियिक अनुबन्ध गरेको छ । यता, दक्षिण एसियाली कोटामा जावलाखेलबाट लिग खेलेका भारतीय मिडफिल्डर निकालोस  फर्नान्डेजलाई अनुबन्ध गरेको छ ।

एनआरटीले मलेसियाको पेनाङमा  २८ जुनदेखि दुई जुलाईसम्म हुने प्रतियोगितामा मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको  लिग टू क्लब कारो प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताअन्तर्गत एनआरटीले ३० जुनमा कारो एफसी र २ जुलाईमा पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्ने छ। लिगको अंकको आधारमा विजेता र उपविजेता टोलिको टुङ्गो लाग्ने छ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो