चैत्र ७, २०८२ शनिबार | २२:२०:१०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

मेइन्ज र कोल्नको जित

बर्लिन, (खेलाडी)- मेइन्ज र एफसी कोल्नले आइतबार जितका साथ जर्मन बुन्डेसलिगाको नयाँ सिजनको सुरुआत गरेका छन् । 

घरेलु मैदानमा मेइन्जले आरबी लिपजिगमाथि १-० को जित निकाल्दा कोल्नले भ्रमणकारी हार्था बर्लिनलाई ३-१ को नतिजामा हरायो । 

मौसा नियाखाटेले १३औं मिनेटमा गरेको गोल निर्णायक बन्दा मेइन्जले तीन अंकका साथ सिजनको सुखद सुरुआत गर्न सफल भयो । नियाखाटेले कर्नरबाट आएको बललाई वायाँ खुट्टाले सहज ट्याप गर्दै खुला पोष्‍टमा गोल गरेका थिए । 

हार्था बर्लिनले छैटौं मिनेटमै अग्रता लिए पनि दोस्रो हाफको सुरुआतमा दुई गोल गर्दै कोल्नले सहज जित निकाल्यो । माथियुस कुन्हाको पासमा स्टेभन जोभेटिचले गोल गर्दै बर्लिनलाई अग्रता दिलाएका थिए । 

मध्यान्तर हुन चार मिनेट बाँकी रहँदा एन्थोनी मोडेस्टेले बराबरी गोल गर्दै घरेलु समर्थकलाई खुसी बनाए । मोडेस्टेले यान थिलम्यानको पासमा गोल गरेका थिए । 

फ्लोरियन काइन्जले दोस्रो हाफमा चार मिनेटको बीचमा दुई गोल गरेपछि कोल्न तीन अंक एकतर्फी बनाउन सफल भएको थियो । ५२औं मिनेटमा एकल प्रयासमा पहिलो गोल गरेका काइन्जले ५५औं मिनेटमा बेनो स्माइजको पासमा दोस्रो गोल गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो