चैत्र १४, २०८२ शनिबार | ०९:३४:४८
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

एनएसएलका १० क्लबद्वारा एन्फाको ध्यानाकर्षण, सहजीकरण नभए स्थगित गर्ने संकेत

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) र सहभागी १० टोलीले संयुक्तरूपमा प्रेस विज्ञप्ति जारी गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)को ध्यानाकर्षण गराएका छन् । प्रतियोगिताको विषयमा बुधबार बसेको एन्फाको टास्कफोर्सको बैठकले गरेका निर्णयको विषयप्रति ध्यानाकर्षण भएको बताउँदै एनएसएल र १० क्लबले सहजीकरण नभए तोकिएको समयमा एनएसएल गर्न नसक्ने बताएका छन् ।

बुधबार बसेको टास्कफोर्सको बैठकमा सहभागी एन्फा उपाध्यक्ष वीर बहादुर खड्काले चार निर्णय भएको बताएका थिए । ती चारमध्ये ‘खेलाडी तथा क्लब दर्ता एन्फामा नहुने, गोल्डकप जस्तै आयोजकले गर्ने’ र ‘आसन्न संस्करण समापनपछि एन्फासँगको सम्झौता स्वतः खारेज हुने’ दुई निर्णय भएको उनले बताएका थिए । उपाध्यक्ष खड्काले बताएका उक्त दुई निर्णयप्रति आपत्ति जनाउँदै आज जारी विज्ञप्तिमा यो विषयले एनएसएल र १० क्लबले गरिरहेको लगानी किन र केका लागि भन्ने गम्भिर प्रश्न उठेको बताइएको छ ।

‘उल्लेखित विषयहरूको उचित सम्बोधन गरी प्रतियोगिता सञ्चालनका लागि एन्फाद्वारा सहजीकरण नभएको अवस्थामा प्रतियोगिता सञ्चालन र सहभागिताका लागि हामी असमर्थ रहेको ब्यहोरा जानकारी गराउँदै यसबाट आम फुटबल प्रेमीमा पर्न गएको दुःखप्रति क्षमा याचनासमेत गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो