माघ १७, २०८२ शनिबार | ०८:४५:५५
पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला

महिला लिगका लागि एन्फालाई भरतपुर महानगरपालिको २० लाख सहयोग

काठमाडाैं। अखिल नेपाल फुटबल संघ (एन्फा) लाई भरतपुर महानगरपालिकाले महिला राष्ट्रिय लिगको लागि २० लाख रुपैंयाको सहयोग गरेको छ ।

एन्फाले मंगलबार भरतपुर महानगरपालिकासँग लिगको पहिलो चरणका खेलहरु भरतपुरमा गर्ने सम्झौता समेत गरेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले खेलाडीलाई जानकारी दिए ।

‘महिला लिगको लागि मंगलबार भरतपुरले २० लाख रुपैंया दिने भएको छ । लिगका पहिलो चरणका खेलहरु भरतपुरमा नै गराउने र दोस्रो चरणका खेलहरु विराटनगरमा खेलाउने छौं,’ उनले भने, ‘महानगरले २० लाखमा १० लाख नगद दिने र बाँकीको पूर्वाधार तथा सामानहरु दिनेछन् ।’

सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले हस्ताक्षर गरे ।

माघ १५ देखि सुरु गर्ने भनिएको प्रतियोगिता कोभिड १९ को कारण एन्फाले अनिश्चित समयका लागि स्थगित गरेको थियो । एन्फाले बुधबार प्रतियोगिताको मिति घोषणा गर्ने महासचिव तुलाधरले जानकारी दिएका छन् ।

यसअघि सम्पन्न उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको विजेता टोली ललितपुर महानगरपालिकासहित उपविजेता टोली धनगढी उपमहानगरपालिका, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका लिगको लागि छनोट भएका थिए ।

गतवर्ष प्रतियोगिताको उपाधि एपिएफले जितेको थियो । उपविजेता आर्मी भएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।