चैत्र १४, २०८२ शनिबार | ००:५१:२७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

महिला लिगका लागि एन्फालाई भरतपुर महानगरपालिको २० लाख सहयोग

काठमाडाैं। अखिल नेपाल फुटबल संघ (एन्फा) लाई भरतपुर महानगरपालिकाले महिला राष्ट्रिय लिगको लागि २० लाख रुपैंयाको सहयोग गरेको छ ।

एन्फाले मंगलबार भरतपुर महानगरपालिकासँग लिगको पहिलो चरणका खेलहरु भरतपुरमा गर्ने सम्झौता समेत गरेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले खेलाडीलाई जानकारी दिए ।

‘महिला लिगको लागि मंगलबार भरतपुरले २० लाख रुपैंया दिने भएको छ । लिगका पहिलो चरणका खेलहरु भरतपुरमा नै गराउने र दोस्रो चरणका खेलहरु विराटनगरमा खेलाउने छौं,’ उनले भने, ‘महानगरले २० लाखमा १० लाख नगद दिने र बाँकीको पूर्वाधार तथा सामानहरु दिनेछन् ।’

सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले हस्ताक्षर गरे ।

माघ १५ देखि सुरु गर्ने भनिएको प्रतियोगिता कोभिड १९ को कारण एन्फाले अनिश्चित समयका लागि स्थगित गरेको थियो । एन्फाले बुधबार प्रतियोगिताको मिति घोषणा गर्ने महासचिव तुलाधरले जानकारी दिएका छन् ।

यसअघि सम्पन्न उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको विजेता टोली ललितपुर महानगरपालिकासहित उपविजेता टोली धनगढी उपमहानगरपालिका, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका लिगको लागि छनोट भएका थिए ।

गतवर्ष प्रतियोगिताको उपाधि एपिएफले जितेको थियो । उपविजेता आर्मी भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो