चैत्र ९, २०८२ सोमबार | १२:३७:०५
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

रोमासँग सन्तुष्ट नरहेको भन्ने खबर निराधारः माउरिन्हो

मिलान । जोजे माउरिन्होले इटालियन क्लब एएस रोमासँग पूर्ण सन्तुष्ट नरहेको भन्ने खबर निराधार रहेको बताएका छन् ।

म्यानचेस्टर युनाइटेड, चेल्सी, र टोटनहमका पूर्व प्रशिक्षक माउरिन्हो अर्को इङ्लिस क्लब एर्भटनसँग जोडिएको खबर सार्वजनिक भएका छन् । एभर्टनले आइतबार पूर्व प्रशिक्षक राफेल बेनिटेजलाई बर्खास्त गरेपछि टोली मुख्य प्रशिक्षकविहिन छ ।

गत मेमा रोमाको प्रशिक्षकमा नियुक्त भएका माउरिन्हो र क्लबबीच तीन वर्षका लागि सम्झौता भएको थियो ।

‘रोमासँग काम गर्दाको खुसीको बारेमा कसैले प्रश्न गर्छ भने म १० मा ११ खुसी छु भन्छु । यहाँ मलाई समर्थकहरुले पूर्ण भरोसा गर्छन भन्ने अनुभुती हुन्छ,’ माउरिन्होले भने, ‘म अन्त कतै यहाँभन्दा खुसी हुन सक्दिन । मैले रोमासँग तीन वर्ष सहकार्य गर्ने सम्झौता गरेको छु र तीन वर्ष नपुगी यो सहकार्य तोड्ने छैन् ।’

माउरिन्होले व्यावसायिक जीवनमा सरुवाहरुलाई सामान्य रुपमा लिनुपर्ने भए पनि रोमासँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने खबर आफूले पनि हल्लामार्फत सुनेको प्रतिकृया दिए । 

‘क्लबसँग मेरो सम्बन्ध बिग्रिएछ भन्ने मैले अरुको मुखबाट सुनेर थाहा पाएँ । म आफैलाई र क्लबलाई भने यस विषयमा कुनै जानकारी छैन । हाम्रो सम्बन्ध अत्यन्तै सुमधुर भएको विषयमात्र क्लब र मलाई जानकारी छ । हामी यहाँ खुसीसाथ एउटा लक्ष्यमा काम गरिरहेका छौं,’ माउरिन्होले थपे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो