माघ १६, २०८२ शुक्रबार | १२:१२:४७
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

साविक विजेता बार्सिलाना स्तब्ध, एथ्लेटिक र रियाल क्वार्टरफाइनलमा

मड्रिड । साविक विजेता बार्सिलोना एथ्लेटिक बिल्बाओसँग निराश हुँदै कोपा डेल रे को अन्तिम १६ बाट बाहिरिदाँ रियाल मड्रिड भने पुनरागमन जितसहित क्वार्टरफाइनल प्रवेश गरेको छ  । 

बार्सिलोना एथ्लेटिकसँग ३-२ ले निराश भएको हो । गत संस्करणमा लियोनल मेसीको दुई गोलमा बिर्सिलोनाले एथ्लेटिकलाई ४-० ले पराजित गर्र्दै कोपा डेल रे को उपाधि जितेको थियो ।

दोस्रो मिनेटमै कप्तान एल्कर मुनइनले गरेको गोलमा एथ्लेटिकले अग्रता लिएको थियो । २०औं मिनेटमा फेरान टोरेसले बार्सिलोनालाई खेलमा फर्काएका थिए । 

८६औं मिनेटमा इन्गो मार्टिनेजले एथ्लेटिकलाई पुनः अग्रता दिलाएका थिए । इन्जुरी समयको तेस्रो मिनेटमा पेड्रिले बार्सिलोनालाई दोस्रो पटक खेलमा फर्काएका थिए ।

निर्धारित समय २-२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । एक सय पाँच मिनेटमा मुनइनले पेनाल्टीको सदुपयोग गर्दा एथ्लेटिकले अन्तिम ८ मा स्थान पक्का गर्यो । 

त्यस्तै १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको रियालले इडेन हाजार्डले अतिरिक्त समयमा गरेको गोलमा इल्चेलाई २-१ ले निराश पार्दै क्वार्टरफाइनलको टिकट पक्का गर्यो ।

निर्धारित समय गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । 

एक सय दुई मिनेटमा मार्सेलो रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि रियालले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । त्यसको एक मिनेटपछि नै भेर्डुको गोलमा इल्चेले अग्रता लियो । 

एक सय आठ मिनेटमा इस्कोले रियाललाई खेलमा फर्काएका थिए । एक सय १५औं मिनेटमा हाजार्डले गरेको गोलमा रियालले अघिल्लो चरणमा स्थान बनायो ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।