चैत्र ८, २०८२ आइतबार | १६:१७:४८
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

साविक विजेता बार्सिलाना स्तब्ध, एथ्लेटिक र रियाल क्वार्टरफाइनलमा

मड्रिड । साविक विजेता बार्सिलोना एथ्लेटिक बिल्बाओसँग निराश हुँदै कोपा डेल रे को अन्तिम १६ बाट बाहिरिदाँ रियाल मड्रिड भने पुनरागमन जितसहित क्वार्टरफाइनल प्रवेश गरेको छ  । 

बार्सिलोना एथ्लेटिकसँग ३-२ ले निराश भएको हो । गत संस्करणमा लियोनल मेसीको दुई गोलमा बिर्सिलोनाले एथ्लेटिकलाई ४-० ले पराजित गर्र्दै कोपा डेल रे को उपाधि जितेको थियो ।

दोस्रो मिनेटमै कप्तान एल्कर मुनइनले गरेको गोलमा एथ्लेटिकले अग्रता लिएको थियो । २०औं मिनेटमा फेरान टोरेसले बार्सिलोनालाई खेलमा फर्काएका थिए । 

८६औं मिनेटमा इन्गो मार्टिनेजले एथ्लेटिकलाई पुनः अग्रता दिलाएका थिए । इन्जुरी समयको तेस्रो मिनेटमा पेड्रिले बार्सिलोनालाई दोस्रो पटक खेलमा फर्काएका थिए ।

निर्धारित समय २-२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । एक सय पाँच मिनेटमा मुनइनले पेनाल्टीको सदुपयोग गर्दा एथ्लेटिकले अन्तिम ८ मा स्थान पक्का गर्यो । 

त्यस्तै १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको रियालले इडेन हाजार्डले अतिरिक्त समयमा गरेको गोलमा इल्चेलाई २-१ ले निराश पार्दै क्वार्टरफाइनलको टिकट पक्का गर्यो ।

निर्धारित समय गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । 

एक सय दुई मिनेटमा मार्सेलो रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि रियालले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । त्यसको एक मिनेटपछि नै भेर्डुको गोलमा इल्चेले अग्रता लियो । 

एक सय आठ मिनेटमा इस्कोले रियाललाई खेलमा फर्काएका थिए । एक सय १५औं मिनेटमा हाजार्डले गरेको गोलमा रियालले अघिल्लो चरणमा स्थान बनायो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो