चैत्र १४, २०८२ शनिबार | ००:५१:५२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

युनाइटेड र टोटनहमको जित

लन्डन । मेसन ग्रिनउड र मार्कुस रासफोर्डले गोल खडेरी तोडेको दिन म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा बुधबार ब्रेन्टफोर्डलाई ३-१ ले निराश पारेको छ । 

आइतबार २-० को अग्रता जोगाउन नसक्दा राल्फ रागनिकको टोली एस्टन भिल्लासँग अंक बाँड्न बाध्य भएको थियो । तर सन् १९४७ पछि ब्रेन्टफोर्डविरुद्ध पहिलो पटक प्रिमियर लिगमा आमने सामने भएको युनाइटेडले बुधबार भने स्पष्ट तीन अंक पक्का गर्यो ।

५५औं मिनेटमा एन्थोनी इलांगाको गोलमा युनाइटेडले अग्रता लिएको थियो । त्यसको सात मिनेटपछि ग्रिनउडले युनाइटेडको अग्रता दोब्बर पारे । अक्टोबरपछि ग्रिनउडले युनाइटेडका लागि गरेको यो पहिलो गोल हो । 

७७औं मिनेटमा रासफोर्डले युनाइटेडको अग्रता ३-० मा पुर्याए । रासफोर्ड अक्टोबर ३० पछि पहिलो पटक गोल खाता खोलेका हुन् ।

खेल सकिन पाँच मिनेट बाँकी हुँदा टोनीले ब्रेन्टफोर्डका लागि गरेको गोल सान्त्वना बन्यो ।

युनाइटेड २१ खेलमा ३५ अंकसहित सातौ स्थानमा छ ,जुन पाँचौ स्थानको टोटनहमको भन्दा एक अंक कम हो ।

टोटनहमले बुधबार सम्पन्न अर्कोे खेलमा लेस्टर सिटीलाई ३-२ ले पराजित गरेको थियो ।

२४औं मिनेटमा डाकाले गरेको गोलमा लेस्टरले अग्रता लिएको थियो । ३८औं मिनेटमा ह्यारी केनले टोटनहमलाई खेलमा फर्काए । 

७६औ मिनेटमा म्याडिसनको गोलमा लेस्टरले पुनः अग्रता लिएको थियो । तर इन्जुरी समयमा स्टेभिन बर्जविनले गरेको दुई गोलमा टोटनहमले जित पक्का गरेको हो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो