माघ १५, २०८२ बिहीबार | १२:५९:२९
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

युनाइटेड र टोटनहमको जित

लन्डन । मेसन ग्रिनउड र मार्कुस रासफोर्डले गोल खडेरी तोडेको दिन म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा बुधबार ब्रेन्टफोर्डलाई ३-१ ले निराश पारेको छ । 

आइतबार २-० को अग्रता जोगाउन नसक्दा राल्फ रागनिकको टोली एस्टन भिल्लासँग अंक बाँड्न बाध्य भएको थियो । तर सन् १९४७ पछि ब्रेन्टफोर्डविरुद्ध पहिलो पटक प्रिमियर लिगमा आमने सामने भएको युनाइटेडले बुधबार भने स्पष्ट तीन अंक पक्का गर्यो ।

५५औं मिनेटमा एन्थोनी इलांगाको गोलमा युनाइटेडले अग्रता लिएको थियो । त्यसको सात मिनेटपछि ग्रिनउडले युनाइटेडको अग्रता दोब्बर पारे । अक्टोबरपछि ग्रिनउडले युनाइटेडका लागि गरेको यो पहिलो गोल हो । 

७७औं मिनेटमा रासफोर्डले युनाइटेडको अग्रता ३-० मा पुर्याए । रासफोर्ड अक्टोबर ३० पछि पहिलो पटक गोल खाता खोलेका हुन् ।

खेल सकिन पाँच मिनेट बाँकी हुँदा टोनीले ब्रेन्टफोर्डका लागि गरेको गोल सान्त्वना बन्यो ।

युनाइटेड २१ खेलमा ३५ अंकसहित सातौ स्थानमा छ ,जुन पाँचौ स्थानको टोटनहमको भन्दा एक अंक कम हो ।

टोटनहमले बुधबार सम्पन्न अर्कोे खेलमा लेस्टर सिटीलाई ३-२ ले पराजित गरेको थियो ।

२४औं मिनेटमा डाकाले गरेको गोलमा लेस्टरले अग्रता लिएको थियो । ३८औं मिनेटमा ह्यारी केनले टोटनहमलाई खेलमा फर्काए । 

७६औ मिनेटमा म्याडिसनको गोलमा लेस्टरले पुनः अग्रता लिएको थियो । तर इन्जुरी समयमा स्टेभिन बर्जविनले गरेको दुई गोलमा टोटनहमले जित पक्का गरेको हो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।