चैत्र १३, २०८२ शुक्रबार | ०८:२२:१४
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

ए डिभिजन लिगमा आज दुई खेल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शुक्रबार) दुई खेल हुँदैछन् । आजदेखि सुरु हुने नवौं चरणको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले हिमालयन शेर्पाको सामना गर्दैछ ।

आठौं चरणपछि ११ अंक बटुलेर तालिकाको छैठौं स्थानमा रहेको शेर्पा आजको खेलमा जित निकाल्दै पाचौं स्थानमा उक्लिने लक्ष्यसहित मैदानमा उत्रिने छ । यस्तै ८ खेलमा ७ अंक बटुलेर १०औं स्थानमा सीमित बनेको एपिएफ पनि आजको खेलमा बाजी मार्दै शीर्ष ८ मा उक्लिने तयारीमा हुनेछ ।

यस्तै दोस्रो खेलमा उपाधि होडमा रहेको मनाङ मर्स्याङ्दी क्लबले नवप्रवेशी सातदोबाटो युथ क्लबसँग खेल्ने छ । लिगका ८ खेल सकिँदा लिग लिडर मछिन्द्रभन्दा १ अंकले पछाडि रहेको मनाङ आजको खेलमा जित निकाल्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ ।

आठौं चरणसम्म दुई जित, ३ हार र ३ बराबरीसँगै ९ अंक जोडेको सातदोबाटो  आजको खेलमा जित निकाल्दै छैठौं स्थानमा उक्लिने लक्ष्यमा हुनेछ ।

नवौं चरणअघि शीर्ष स्थानको मछिन्द्रको २०, मनाङको १९ अंक छ भने तेस्रो स्थानको संकटाको १४ अंक छ ।

जितविहीन फ्रेन्ड्स ३ अंकसहित तालिकाको पुछारमा छ । १३औं स्थानको च्यासलको ५ अंक छ ।

कोभिड १९ को जोखिम कम गर्न आजदेखि रंगशालामा दर्शकलाई खोप कार्ड देखाएर मात्रै प्रवेश दिइनेछ भने प्यारापिटमा पनि सामाजिक दूरी अनिवार्य गरिनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो