अफ्रिका कप अफ नेसन्स

आइभरी कोस्टको जितमा ग्राडेलको निर्णायक गोल

याउन्डे । म्याक्सएलेन ग्राडेलको निर्णायक गोलप्रेरित आइभरी कोस्टले इक्वाटोरियल गुयनामाथि १-० को जित निकाल्दै अफ्रिका कप अफ नेसन्समा विजयी सुरुआत गरेको छ । समूह ‘ई’अन्तर्गत बुधबार राति भएको खेलको पाँचौ मिनेटमा लिएको अग्रता जोगाउँदै कोस्टले तीन अंक हासिल गर्यो ।

प्रतिस्पर्धात्मक खेलमा गुयनाले पुनरागमनका लागि निरन्तर प्रयास गरे पनि सफल नहुँदा पराजय टार्न सकेन । डोवाला रंगशालामा भएको खेलमा दुवै टोलीले गरेका १२ मध्ये दुई सट मात्रै फ्रेममा परेका थिए ।

तीमध्ये कोस्टका ग्राडेलले गरेको प्रहार मात्रै गोलमा परिणत भयो । जितसँगै कोस्ट समूह ‘ई’को शीर्ष स्थानमा उक्लिएको छ । साविक विजेता अल्जेरिया दोस्रो र सिरिया लियोन तेस्रो स्थानमा छ ।

यस्तै, गुयना चौथो तथा अन्तिम स्थानमा छ ।