माघ १८, २०८२ आइतबार | १२:४९:४१
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

वित्तीय निर्देशकमाथिको छानविन: मिश्र र राईलाई बयान दिन बोलाइयो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वित्तीय निर्देशक निरञ्जन शाहले गरेको भनिएको आर्थिक हिनामिनामाथिको छानविनअन्तर्गत लिग निर्देशक सन्जिव मिश्र र जनरल कोर्डिनेटर तथा म्याच कमिसनरको भूमिका निर्बाह गरिरहेका लिग कमिटी सदस्य गौरीमान राईलाई बयानका लागि बोलाइएको छ ।

एन्फा उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा गठन भएको छानविन समितिले बुधबार पत्राचार गर्दै मिश्र र राईलाई बिहीबार बयान दिन बोलाएको हो ।

शाहले हवाई टिकटको मुल्य बढाएर भुक्तानी गरेको एउटा आरोप छ भने अर्को पेश्की फस्र्यौटको । सहिद स्मारक ‘सी’ डिभिजनका लागि गौरीमान राईले लिएके एक लाख ३० हजार रुपैयाँमध्ये खर्च भएको ९५ हजार रुपैयाँको बिलसहित बाँकी ३५ हजार रुपैयाँ नगद बुझाएर पेश्की फस्र्यौट गरेका थिए ।

 उनको पेश्की फस्र्यौट प्रक्रियामा निर्देशक मिश्रले सिफारिस गरेर वित्तीय निर्देशक शाहलाई बुझाएका थिए । त्यहीअनुसार राईको पेश्की फस्र्यौट भएको थियो । तर वित्तीय निर्देशक शाहले राईबाट आएको नगद एन्फाको खातामा दाखिला नगरी दुरूपयोग गरेको आरोप छ ।

यही विषयमा बयानका लागि लिग निर्देशक मिश्र र राईलाई बोलाइएको हो । पुस २२ गते बसेको एन्फा कार्यसमिति बैठकबाट उपाध्यक्ष खड्कालाई छानविनको जिम्मा दिइएको थियो ।

खड्काले मंगलबारदेखि छानविन सुरु गरेका थिए ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।