काठमाडौं । शहीद मानबहादुर स्मृति कपको दोस्रो संस्करण यही माघ ३ गते देखि हुने भएको छ । शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा हुन लागेको प्रतियोगिताको खेल तालिका मंगलबार सार्वजनिक गरिएको थियो ।
लिग कम नकआउट पद्धति अनुसार सञ्चालन हुने प्रतियोगिता दक्षिणकाली नगरपालिकाको फर्पिङस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।
सहभागी ९ वडालाई दुई समूहमा विभाजन गरिएको छ । जहाँ प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख ५१ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ७५ हजार पाँच सय ५५ रुपैयाँ पाउनेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुनेलाई पनि नगद पुरस्कारको बेवस्था रहेको आयोजकले जनाएको छ ।
भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
