भाद्र २७, २०८२ शनिबार | ०८:५१:११
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने

इङ्ल्यान्डको पेनाल्टी फुटबलका लागि लज्जाको विषय : वेंगर

लन्डन, (खेलाडी)- आर्सनलका पूर्व प्रशिक्षक आर्सेन वेंगरले युरोपियन च्याम्पियनसिप (युरो २०२०) अन्तर्गत डेनमार्कमाथि २-१ को जित हासिल गरेको खेलमा इङ्ल्यान्डलाई पेनाल्टी दिने निर्णय गलत भएको बताएका छन् । 

डेनमार्कका गोलकिपर कास्पल स्माइकलले इङ्ल्यान्ड कप्तान ह्‍यारी केनको पेनाल्टी बचाएका थिए । तर रिबाउन्डमा प्राप्त बललाई गोलमा परिणत गर्दै केनले इङ्ल्यान्डको फाइनलयात्रा पक्का गरेका थिए । रहिम स्टर्लिङले विपक्षी खेलाडी जोचिम माहलेबाट दबाब झेलिरहँदा पेनाल्टी बक्सभित्र लडेर पेनाल्टी जितेका थिए ।

स्टर्लिङले त्यो प्रष्‍ट पेनाल्टी भएको बताए । तर पछिल्लो समय फिफाको ग्लोबल फुटबल डेभलपमेन्ट कार्यक्रममा प्रमूखको हैसियतमा कार्यरत वेंगरले भने त्यो कुनै पनि हालतमा पेनाल्टी नभएको दाबी गरे । 

‘त्यो पेनाल्टी होइन । भिएआरले रेफ्रीलाई लज्जित बनाएको छ । यो फुटबलको एउटा लज्जाजनक निर्णय हो । इङ्ल्यान्डले त्यो पेनाल्टी पाउनै हुँदैनथ्यो,’ वेंगरले भने ।

जारी युरोपियन च्याम्पियनसिपमा यो १७औं पेनाल्टी थियो । ह्‍यारी केनको सुरुआति प्रयास विफल भएको थियो । जुन यसपाली असफल भएको आठौं पेनाल्टी थियो । युरोपियन च्याम्पियनसिपका पछिल्ला तीन संस्करणका समूह चरणमा १३ वटा मात्र पेनाल्टी भएका थिए ।

युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएका प्रमूख रेफ्री अधिकारी रोबर्ट रोसेटीले भिएआरका कारण प्रतियोगितामा पेनाल्टीको संख्या बढेको बताएका थिए । 


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS