भाद्र ३१, २०८२ बुधबार | १५:५५:३८
यामलले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने पक्का डच बलर भिभियन किङ्मामाथि तीन महिनाको प्रतिबन्ध सानो उमेरमा च्याम्पियन्स लिग खेल्ने कीर्तिमानी खेलाडीहरू च्याम्पियन्स लिगमा आज ६ खेल हुँदै ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड घाइते एमएलएसः इटर मियामीले सियाटल साउन्डर्सलाई हरायो एसिसी एसिया कपमा बंगलादेशको रोमाञ्चक जित बराबरीमा रोकिए युभेन्टस र डर्टमन्ड रियाल मड्रिडको पुनरागमन जित युइएफए च्याम्पियन्स लिगमा आर्सनलको विजयी सुरुआत यामलले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने पक्का डच बलर भिभियन किङ्मामाथि तीन महिनाको प्रतिबन्ध सानो उमेरमा च्याम्पियन्स लिग खेल्ने कीर्तिमानी खेलाडीहरू च्याम्पियन्स लिगमा आज ६ खेल हुँदै ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड घाइते एमएलएसः इटर मियामीले सियाटल साउन्डर्सलाई हरायो एसिसी एसिया कपमा बंगलादेशको रोमाञ्चक जित बराबरीमा रोकिए युभेन्टस र डर्टमन्ड रियाल मड्रिडको पुनरागमन जित युइएफए च्याम्पियन्स लिगमा आर्सनलको विजयी सुरुआत

सानो उमेरमा च्याम्पियन्स लिग खेल्ने कीर्तिमानी खेलाडीहरू

काठमाडौं । क्लब फुटबलमा युरोपेली च्याम्पियन्स लिग विश्वकै सबभन्दा कठिन र प्रतिष्ठित प्रतियोगिता मानिन्छ । कुनै पनि खेलाडीका लागि च्याम्पियन्स लिग खेल्न पाउनुले उसको करियरमा ठूलो अर्थ राख्ने गर्छ । च्याम्पियन्स लिगमा खेल्नुको महत्व खेलाडीका लागि जति ठूलो हुन्छ उति नै यो प्रतियोगितामा मैदान उत्रिँनुको दबाबले पनि खेलाडीलाई थिच्ने गर्छ, खासगरि करियरका प्रारम्भिक दिनमा ।

यही कारण हो, किशोरावस्थामा च्याम्पियन्स लिग खेल्ने जोकोही खेलाडी पनि एकाएक विश्वस्तरीय स्टारका रुपमा परिणत हुने गर्छ । पूरा विश्व फुटबलले उसमाथि आँखा लगाउन थाल्छ । विश्वभरका समर्थकको चासो त्यो युवा खेलाडीले तान्ने गर्छ । किशोरावस्थामै कसैले च्याम्पियन्स लिग खेल्यो भने त्यसलाई एउटा महान करियरको सुरुआत मानिन्छ । भलै त्यो सुरुआतले जस्तोसुकै गन्तव्य पाओस ।

वर्तमानमा सबभन्दा सानो उमेरमा च्याम्पियन्स लिग खेलेको कीर्तिमान बोरुसिया डर्टमण्डका योसौफा माउकोकोको नाममा छ । उनको नाममा १६औं जन्मदिन मनाएको १८ दिनमै च्याम्पियन्स लिग खेलेको कीर्तिमान छ । 

बार्सिलोनाका लामिन यमाल र म्यानचेस्टर सिटीका रायन चेर्की तथा एस्टन भिल्लाका याउरी टेलेम्यान्सजस्ता विश्वस्तरीय स्टारहरु १७औं जन्मदिन मनाउनुअघि नै युरोपेली प्रतियोगिताका मैदानमा प्रस्तुत भइसकेका थिए । यमाल, चेर्की र टेलेम्यान्सहरू
 सानै उमेरमा च्याम्पियन्स लिग खेलेर विश्व फुटबलमा तहल्का मच्चाउने खेलाडी हुन् ।

वर्तमानमा सबभन्दा सानो उमेरमा च्याम्पियन्स लिग खेलेको कीर्तिमान बोरुसिया डर्टमण्डका योसौफा माउकोकोको नाममा छ । उनको नाममा १६औं जन्मदिन मनाएको १८ दिनमै च्याम्पियन्स लिग खेलेको कीर्तिमान छ । माउकोकोले सन् २०२० को डिसेम्बरमा १६ वर्ष १८ दिनको उमेरमा बोरुसिया डर्टमण्डका लागि जेनिट सेन्ट पिट्सबर्गविरुद्धको च्याम्पियन्स लिग खेलमा मैदान उत्रिँदैत्यसअघि क्लालेस्टिन बाबायारोको नाममा रहेको कीर्तिमान भंग गरेका थिए ।

चेल्सी र न्युक्यासलबाट खेलेका नाइजेरियाली रक्षक बाबायारोको नाममा रहेको १६ वर्ष ८७ दिनमा च्याम्पियन्स लिग खेलेको कीर्तिमान कसैले तोड्न नसक्ने अनुमान थियो । तर २१औं सताव्दीको सुरुआतसँगै च्याम्पियन्स लिगमा १७ वर्षभन्दा सानै उमेरमा डेब्यु गर्ने प्रतिभावान किशोर खेलाडीको लामै लाइन लाग्दा उनी तेस्रो नम्बरमा झरेका छन् ।

डम्यान आगामी डिसेम्बर ३१ मा मात्र १६ वर्ष लाग्नेछन् । जसका कारण उनीसँग च्याम्पियन्स लिगमा मैदान उत्रिने कम उमेरको खेलाडीका रुपमा माउकोकोको कीर्तिमान तोड्ने सम्भावना प्रचूर छ ।

युरोपियन च्याम्पियन्स लिगमा १५ वर्षको कुनै खेलाडीले अहिलेसम्म मैदान उत्रिएको इतिहास छैन । आर्सनलका मिड्फिल्डर म्याक्स डम्यान यही इतिहास बनाउने सम्भावनालाई पछ्याइरहेका छन् ।

गएको अगस्टमा लिड्स युनाइटेडविरुद्धको खेलमा १५ वर्ष २६५ दिनको उमेरमा बैकल्पिक खेलाडीका रुपमा मैदान उत्रिँदै डम्यानले प्रिमियर लिग इतिहासमै इथान एनवानेरीपछि दोस्रो कम उमेरको खेलाडीको कीर्तिमान बनाएका थिए । डम्यान आगामी डिसेम्बर ३१ मा मात्र १६ वर्ष लाग्नेछन् । जसका कारण उनीसँग च्याम्पियन्स लिगमा मैदान उत्रिने कम उमेरको खेलाडीका रुपमा माउकोकोको कीर्तिमान तोड्ने सम्भावना प्रचूर छ ।


भिडियो
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL