माघ १७, २०८२ शनिबार | २३:५१:२४
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

एन्फा नकआउट प्रतियोगिता नहुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने भनेको लिग कम नकआउट प्रतियोगिता नहुने भएको  छ ।

एन्फाले बिहीबार क्लबहरूलाई पत्र काट्दै प्राविधिक कारणले प्रतियोगिता स्थगित गर्नु परेको जानकारी गराएको छ । 

एन्फाले टिम दर्ता गर्ने अन्तिम मिति बैशाख १० गतेसम्मलाई तोकेको थियो । तर अन्तिम मितिसम्म तीन विभागीय टोली र संकटा क्लबले मात्र टिम दर्ता गराएका थिए ।

गत चैत २५ गते सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न बैठकले १४ शीर्ष डिभिजन क्लबको सहभागिता रहने लिग कम नक आउट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

यस्तै गत बिहीबार बसेको शीर्ष डिभिजनका ९ क्लबको बैठकले संयुक्तरुपमा प्रतियोगिता नखेल्ने निर्णय गरेका थिए । बैठकमा विभागीय टिमसँगै सातदोबाटो र खुमलटारका प्रतिनिधि उपस्थित थिएनन् ।

प्रतियोगिता बैशाख २० गते हुने भनिएको थियो । प्रतियोगिताको विजेताले एएफसी च्यालेन्ज लिग २०२५/२६ का पहिलो चरणमा नेपालको प्रतिनिधित्व गर्ने बताइएको थियो । तर प्रतियोगिता नै नहुने भएको छ ।

गत वर्ष लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले यो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेको थियो । चर्च ब्वाइज घरेलु मैदानमै भुटानको पारो एफसीसँग २-१ ले पराजित गरेको थियो ।

यसैगरी एन्फाले एएफसी क्लब लाइसेन्स प्रक्रिया समेत स्थितगित गरिएको जानकारी दिएको छ । यससँगै एएफसीका क्लब प्रतियोगितामा यो वर्ष कुनै पनि नेपालको प्रतिनिघित्व रहने सम्भावना न्युन बनेको छ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।