चैत्र ८, २०८२ आइतबार | १०:१३:१९
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

एन्फा नकआउट प्रतियोगिता नहुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने भनेको लिग कम नकआउट प्रतियोगिता नहुने भएको  छ ।

एन्फाले बिहीबार क्लबहरूलाई पत्र काट्दै प्राविधिक कारणले प्रतियोगिता स्थगित गर्नु परेको जानकारी गराएको छ । 

एन्फाले टिम दर्ता गर्ने अन्तिम मिति बैशाख १० गतेसम्मलाई तोकेको थियो । तर अन्तिम मितिसम्म तीन विभागीय टोली र संकटा क्लबले मात्र टिम दर्ता गराएका थिए ।

गत चैत २५ गते सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न बैठकले १४ शीर्ष डिभिजन क्लबको सहभागिता रहने लिग कम नक आउट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

यस्तै गत बिहीबार बसेको शीर्ष डिभिजनका ९ क्लबको बैठकले संयुक्तरुपमा प्रतियोगिता नखेल्ने निर्णय गरेका थिए । बैठकमा विभागीय टिमसँगै सातदोबाटो र खुमलटारका प्रतिनिधि उपस्थित थिएनन् ।

प्रतियोगिता बैशाख २० गते हुने भनिएको थियो । प्रतियोगिताको विजेताले एएफसी च्यालेन्ज लिग २०२५/२६ का पहिलो चरणमा नेपालको प्रतिनिधित्व गर्ने बताइएको थियो । तर प्रतियोगिता नै नहुने भएको छ ।

गत वर्ष लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले यो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेको थियो । चर्च ब्वाइज घरेलु मैदानमै भुटानको पारो एफसीसँग २-१ ले पराजित गरेको थियो ।

यसैगरी एन्फाले एएफसी क्लब लाइसेन्स प्रक्रिया समेत स्थितगित गरिएको जानकारी दिएको छ । यससँगै एएफसीका क्लब प्रतियोगितामा यो वर्ष कुनै पनि नेपालको प्रतिनिघित्व रहने सम्भावना न्युन बनेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो