चैत्र ९, २०८२ सोमबार | ०४:४९:०७
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

विवादपछि स्थगित एन्फा बैठक आज पुनः बस्दै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को सोमबार स्थगित बैठक आज (मंगलबार) दिउसो १ बजे पुनः बस्दैछ ।

सोमबार दिउसो ३ बजेका लागि बोलाइएको बैठक ६ बजेमात्रै सुरु भएको थियो । तर, संस्थापनइतर पक्षका सदस्यले बजेटमा चरम लापरबाही गरिएको भन्दै लामो समय असन्तुष्टि जनाएपछि अध्यक्ष पंकजविक्रम नेम्वाङले समय अपुग भन्दै बैठक स्थगित गरेका थिए ।

एन्फा महासचिव किरण राईले २४ घण्टाअघि कार्यसमिति २१ सदस्यसहित सरोकारवाला पक्षलाई १६ एजेन्डा उपलब्ध गराएका थिए ।

तर, त्यसमा कार्यसमितिका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का तथा उपाध्यक्षद्धय विराटजंग शाही र दीर्घबहादुर केसी (कुमार)लगायत सात सदस्यले माग गरेका एजेन्डा नराखिएकोमा विरोध गरेका थिए ।

माघ १० गते वरिष्ठ उपाध्यक्ष खड्का, उपाध्यक्षद्धय शाही र केसी तथा सदस्यहरु रुपेश अधिकारी, रमेश व्यन्जनकार, रविन्द्र चन्द र पेमा डोल्मा लामाले विभिन्न आठ एजेन्डामाथि छलफल गर्न भनि कार्यसमिति बैठक बोलाउन सामूहिक माग गरेका थिए ।

विधानको धारा ३९ को व्यवस्थाअनुसार प्रत्येक वर्षमा चार पटक अनिवार्य रुपमा कार्यसमितिको बैठक बस्नुपर्ने प्रावधान रहे पनि लामो समयदेखि बैठक बस्न नसकी कार्य सञ्चालनमा मनोमानी र विधान विपरितका कृयाकलाप भइरहेको भन्दै कार्यसमिति बैठक माग गरिएको थियो ।

बैठक माग गर्ने क्रममा सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारणसभाको लागि एन्फाको पत्राचार र तदर्थ कर्णाली प्रदेश फुटबल संघ, महिला लिग, महिला एकेडेमी, मिसन २०२७–२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी, सिस्नेरी घटनाको प्रतिवेदन र सिस्नेरी एन्फा एकेडेमी सञ्चालन, शीर्ष डिभिजन लिग, खेलाडीलाई घोषणा गरिएको पुरस्कार वितरण, आन्तरिक लेखा परिक्षण प्रतिवेदन, बी डिभिजन लिग र प्रेसिडेन्ट लिग, महासचिव लगायत सचिवालय कर्मचारीको कार्यक्षमता मुल्यांकन तथा पारिश्रमिक पुर्नमुल्यांकन लगायतका एजेन्डामा छलफल हुनुपर्ने माग सात कार्यसमिति सदस्यले राखेका थिए ।

तर, सोमबारलाई बोलाइएको बैठकका एजेन्डामा उनीहरुको मागबमोजिम शीर्ष डिभिजनको लिग, सुर्खेत जिल्ला फुटबल संघ तथा कर्णाली प्रदेश र महासचिव र सचिवालय कर्मचारीको कार्यक्षमता मुल्यांकन तथा पारिश्रमिक पुर्नमुल्यांकनका विषय समावेश थिएनन् ।

एन्फाको वैधानिक व्यवस्थाअनुसार कार्यसमितिका एकतिहाई सदस्यले माग गरेपछि २१ दिनभित्र बैठक बोलाउनुपर्छ । तर, एन्फा अध्यक्षले बैठक माग गरेको २१ औं दिनमा बैठकको मितिमात्र तय गरेका थिए । जसअनुसार माग गरेको ४०औं दिनमा बैठक बसेको हो ।

वरिष्ठ उपाध्यक्ष खड्काले नेतृत्वमा शीर्ष डिभिजनको लिग गर्ने र एन्फाभित्रका कुशासन हटाउनेमा उदासिनता देखिएको आरोप लगाए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो