माघ १५, २०८२ बिहीबार | १९:४५:३६
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

विवादपछि स्थगित एन्फा बैठक आज पुनः बस्दै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को सोमबार स्थगित बैठक आज (मंगलबार) दिउसो १ बजे पुनः बस्दैछ ।

सोमबार दिउसो ३ बजेका लागि बोलाइएको बैठक ६ बजेमात्रै सुरु भएको थियो । तर, संस्थापनइतर पक्षका सदस्यले बजेटमा चरम लापरबाही गरिएको भन्दै लामो समय असन्तुष्टि जनाएपछि अध्यक्ष पंकजविक्रम नेम्वाङले समय अपुग भन्दै बैठक स्थगित गरेका थिए ।

एन्फा महासचिव किरण राईले २४ घण्टाअघि कार्यसमिति २१ सदस्यसहित सरोकारवाला पक्षलाई १६ एजेन्डा उपलब्ध गराएका थिए ।

तर, त्यसमा कार्यसमितिका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का तथा उपाध्यक्षद्धय विराटजंग शाही र दीर्घबहादुर केसी (कुमार)लगायत सात सदस्यले माग गरेका एजेन्डा नराखिएकोमा विरोध गरेका थिए ।

माघ १० गते वरिष्ठ उपाध्यक्ष खड्का, उपाध्यक्षद्धय शाही र केसी तथा सदस्यहरु रुपेश अधिकारी, रमेश व्यन्जनकार, रविन्द्र चन्द र पेमा डोल्मा लामाले विभिन्न आठ एजेन्डामाथि छलफल गर्न भनि कार्यसमिति बैठक बोलाउन सामूहिक माग गरेका थिए ।

विधानको धारा ३९ को व्यवस्थाअनुसार प्रत्येक वर्षमा चार पटक अनिवार्य रुपमा कार्यसमितिको बैठक बस्नुपर्ने प्रावधान रहे पनि लामो समयदेखि बैठक बस्न नसकी कार्य सञ्चालनमा मनोमानी र विधान विपरितका कृयाकलाप भइरहेको भन्दै कार्यसमिति बैठक माग गरिएको थियो ।

बैठक माग गर्ने क्रममा सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारणसभाको लागि एन्फाको पत्राचार र तदर्थ कर्णाली प्रदेश फुटबल संघ, महिला लिग, महिला एकेडेमी, मिसन २०२७–२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी, सिस्नेरी घटनाको प्रतिवेदन र सिस्नेरी एन्फा एकेडेमी सञ्चालन, शीर्ष डिभिजन लिग, खेलाडीलाई घोषणा गरिएको पुरस्कार वितरण, आन्तरिक लेखा परिक्षण प्रतिवेदन, बी डिभिजन लिग र प्रेसिडेन्ट लिग, महासचिव लगायत सचिवालय कर्मचारीको कार्यक्षमता मुल्यांकन तथा पारिश्रमिक पुर्नमुल्यांकन लगायतका एजेन्डामा छलफल हुनुपर्ने माग सात कार्यसमिति सदस्यले राखेका थिए ।

तर, सोमबारलाई बोलाइएको बैठकका एजेन्डामा उनीहरुको मागबमोजिम शीर्ष डिभिजनको लिग, सुर्खेत जिल्ला फुटबल संघ तथा कर्णाली प्रदेश र महासचिव र सचिवालय कर्मचारीको कार्यक्षमता मुल्यांकन तथा पारिश्रमिक पुर्नमुल्यांकनका विषय समावेश थिएनन् ।

एन्फाको वैधानिक व्यवस्थाअनुसार कार्यसमितिका एकतिहाई सदस्यले माग गरेपछि २१ दिनभित्र बैठक बोलाउनुपर्छ । तर, एन्फा अध्यक्षले बैठक माग गरेको २१ औं दिनमा बैठकको मितिमात्र तय गरेका थिए । जसअनुसार माग गरेको ४०औं दिनमा बैठक बसेको हो ।

वरिष्ठ उपाध्यक्ष खड्काले नेतृत्वमा शीर्ष डिभिजनको लिग गर्ने र एन्फाभित्रका कुशासन हटाउनेमा उदासिनता देखिएको आरोप लगाए ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।