माघ १८, २०८२ आइतबार | २३:२३:०३
अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित

महिला लिगकी उत्कृष्ट गोलकिपर सावित्री किशन राष्ट्रिय टोली बाहिर

फाइल तस्विर ।

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगकी उत्कृष्ट गोलकिपर सावित्री किशनलाई बाहिर राख्दै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बिहीबार २३ सदस्यीय टोली घोषणा गर्दा सावित्रीको नाम समावेश छैन । गोलकिपरमा पुरानै अनुहार दोहोरोरिएका छन् । कप्तान अञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर र उषा नाथले स्थान बनाए ।

सावित्रीले एपिएफलाई अपराजित रहँदै लिग च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । 

टोलीमा दुई नयाँ अनुहारलाई समेटिएको छ । रक्षक मनमाया दमाइ र मिडफिल्डर सुस्मा तामाङले पहिलो पटक सिनियर टोलीमा स्थान बनाए ।

रक्षकमा अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया छन् ।  मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल र सुस्मा छन् ।

स्ट्राइकरमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।

एएफसी एसियन कप र फिफा विश्वकपलाई लक्षित गरेर आयोजना हुन लागेको यो प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । फिफा अन्तर्राष्ट्रिय विन्डोअन्तर्गत फागुन ५ देखि १४ सम्म सञ्चालन हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहनेछ ।

नेपालले फागुन ५ मा किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले फागुन ८ मा लेबनान र ११ मा म्यानमारको सामना गर्नेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।