चैत्र १८, २०८२ बुधबार | ०१:०१:४२
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

महिला लिगकी उत्कृष्ट गोलकिपर सावित्री किशन राष्ट्रिय टोली बाहिर

फाइल तस्विर ।

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगकी उत्कृष्ट गोलकिपर सावित्री किशनलाई बाहिर राख्दै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बिहीबार २३ सदस्यीय टोली घोषणा गर्दा सावित्रीको नाम समावेश छैन । गोलकिपरमा पुरानै अनुहार दोहोरोरिएका छन् । कप्तान अञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर र उषा नाथले स्थान बनाए ।

सावित्रीले एपिएफलाई अपराजित रहँदै लिग च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । 

टोलीमा दुई नयाँ अनुहारलाई समेटिएको छ । रक्षक मनमाया दमाइ र मिडफिल्डर सुस्मा तामाङले पहिलो पटक सिनियर टोलीमा स्थान बनाए ।

रक्षकमा अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया छन् ।  मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल र सुस्मा छन् ।

स्ट्राइकरमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।

एएफसी एसियन कप र फिफा विश्वकपलाई लक्षित गरेर आयोजना हुन लागेको यो प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । फिफा अन्तर्राष्ट्रिय विन्डोअन्तर्गत फागुन ५ देखि १४ सम्म सञ्चालन हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहनेछ ।

नेपालले फागुन ५ मा किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले फागुन ८ मा लेबनान र ११ मा म्यानमारको सामना गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो