माघ १६, २०८२ शुक्रबार | १८:५०:११
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

मनमाया र सुस्मालाई समेट्दै महिला टिम घोषणा

काठमाडौं । मनमाया दमाई र सुस्मा तामाङलाई समेट्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ ( एन्फा) ले फोर अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि २३ सदस्यीय टिम घोषणा गर्दा रक्षक मनमाया र मिडफिल्डर सुस्माले पहिलो पटक स्थान बनाए । चन्द्रा भण्डारी र सरस्वती हमालले कमब्याक गरे ।  

मनमायाले एपिएफ र सुस्माले वालिङ नगरपालिकाबाट राष्ट्रिय महिला लिग खेलेका थिए । साफ महिला च्याम्पियनसिप खेलेकी मिडफिल्डर दीपा शाही र रक्षक हिराकुमारी भुजेल घाइते भएपछि दुई खेलाडीले अवसर पाएका हुन् ।

यसअघि ३० सदस्यीयबाट गोलकिपर सावित्री किशन र सुजता तामाङ बाहिर रहिन् । महिला राष्ट्रिय लिगमा सर्वाेत्कृष्ट गोलकिपर घोषित भएकी किशनलाई प्रशिक्षक राजेन्द्र तामाङले बाहिर राखेका हुन् ।

गोलकिपरमा कप्तान अञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर र उषा नाथले स्थान बनाए ।

रक्षकमा अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे र मनमाया छन् । रक्षक प्रतिक्षा चौधरीले पनि स्थान बनाउन सकिनन् ।

मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल, विमला चौधरी र सुस्मा छन् ।मिडफिल्डरमा सजनी थोकर, सम्झना लावती, बिर्सना चौधरी, प्रतिक्षा चौधरी र ममता पुन बाहिरिएका छन् ।

स्ट्राइकरमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।

एएफसी एसियन कप र फिफा विश्वकपलाई लक्षित गरेर आयोजना गरिएको यो प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । फिफा अन्तर्राष्ट्रिय विन्डोअन्तर्गत फागुन ५ देखि १४ सम्म सञ्चालन हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहनेछ ।

नेपालले फागुन ५ मा किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले फागुन ८ मा लेबनान र ११ मा म्यानमारको सामना गर्नेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।