चैत्र ७, २०८२ शनिबार | २०:५४:४५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

मनमाया र सुस्मालाई समेट्दै महिला टिम घोषणा

काठमाडौं । मनमाया दमाई र सुस्मा तामाङलाई समेट्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ ( एन्फा) ले फोर अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि २३ सदस्यीय टिम घोषणा गर्दा रक्षक मनमाया र मिडफिल्डर सुस्माले पहिलो पटक स्थान बनाए । चन्द्रा भण्डारी र सरस्वती हमालले कमब्याक गरे ।  

मनमायाले एपिएफ र सुस्माले वालिङ नगरपालिकाबाट राष्ट्रिय महिला लिग खेलेका थिए । साफ महिला च्याम्पियनसिप खेलेकी मिडफिल्डर दीपा शाही र रक्षक हिराकुमारी भुजेल घाइते भएपछि दुई खेलाडीले अवसर पाएका हुन् ।

यसअघि ३० सदस्यीयबाट गोलकिपर सावित्री किशन र सुजता तामाङ बाहिर रहिन् । महिला राष्ट्रिय लिगमा सर्वाेत्कृष्ट गोलकिपर घोषित भएकी किशनलाई प्रशिक्षक राजेन्द्र तामाङले बाहिर राखेका हुन् ।

गोलकिपरमा कप्तान अञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर र उषा नाथले स्थान बनाए ।

रक्षकमा अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे र मनमाया छन् । रक्षक प्रतिक्षा चौधरीले पनि स्थान बनाउन सकिनन् ।

मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल, विमला चौधरी र सुस्मा छन् ।मिडफिल्डरमा सजनी थोकर, सम्झना लावती, बिर्सना चौधरी, प्रतिक्षा चौधरी र ममता पुन बाहिरिएका छन् ।

स्ट्राइकरमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।

एएफसी एसियन कप र फिफा विश्वकपलाई लक्षित गरेर आयोजना गरिएको यो प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । फिफा अन्तर्राष्ट्रिय विन्डोअन्तर्गत फागुन ५ देखि १४ सम्म सञ्चालन हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहनेछ ।

नेपालले फागुन ५ मा किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले फागुन ८ मा लेबनान र ११ मा म्यानमारको सामना गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो