माघ १२, २०८२ सोमबार | २२:१८:१४
गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो पुलिसको पहिलो जित, भगवतीको दोस्रो हार मनाङको पहिलो जित, काँक्रे बिहारको लगातार चौथो हार साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो स्कटल्यान्डसँग नेपालको फराकिलो हार, विश्वकप पुग्ने चुनौती समाप्त स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि युनाइटेडसँग आर्सनल स्तब्ध जित्नै पर्ने दबाबमा नेपाल केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो पुलिसको पहिलो जित, भगवतीको दोस्रो हार मनाङको पहिलो जित, काँक्रे बिहारको लगातार चौथो हार साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो स्कटल्यान्डसँग नेपालको फराकिलो हार, विश्वकप पुग्ने चुनौती समाप्त स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि युनाइटेडसँग आर्सनल स्तब्ध जित्नै पर्ने दबाबमा नेपाल केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित

एन्फा राजनीतिमा अर्को मोड, वरिष्ठ उपाध्यक्षविरुद्ध कार्वाहीको माग

एन्फा अध्यक्षलाई निवेदन बुझाउँदै ‘सी’ डिभजन क्लबका प्रतिनिधि दिवाकर घले (दायाँ) ।

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगका १० क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निलम्बन सहितको कार्वाही माग राख्दै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पत्राचार गरेका छन् ।

उपाध्यक्ष दीपक खतिवडा र सदस्य महेन्द्र क्षेत्री संस्थापनबाट अलग भएसँगै एन्फा राजनीतिको कार्यसमिति अंकगणितमा हेरफेर भएपछि ‘सी’ डिभिजन क्लबहरुले नेतृत्वको विपक्षमा रहँदै आएका वरिष्ठ उपाध्यक्षविरुद्ध यस्तो कदम चालेका हुन् ।

वरिष्ठ उपाध्यक्ष खड्काले गतवर्ष सम्पन्न ‘सी’ डिभिजन लिगमा खेल मिलोमतो भएको आरोप लगाई विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको तथा फिफा र एएफसीमा पत्राचार गरेको भन्दै उनीमाथि कार्वाहीको माग गरेका छन् ।

‘आफै नेपाली फुटबलको नेतृत्वमा रहेका निज वरिष्ठ उपाध्यक्षले आफ्नो फुटबल खेलको रानीतिक स्वार्थका लागि भ्रम फैलाउने उद्देश्यले नेपाली फुटबल विकासको क्षेत्रमा कृयासिल हामी ‘सी’ डिभिजन क्लबहरुका विरुद्ध आधार र प्रमाणविना खेल मिलोमतोजस्तो गम्भीर विषयमा दिएका अभिव्यक्तिहरु र गरेका गतिविधिहरुले हामी क्लबहरुको गरिमामा समेत गम्भीर असर परेको हुँदा निज वरिष्ठ उपाध्यक्षलाई तत्काल निलम्बन गरि कार्वाही गर्नका लागि माग गर्दै निवेदन गर्दछौं,’ पाँच क्लबले एन्फा अध्यक्षलाई लेखेको संयुक्त पत्रमा भनिएको छ ।

वरिष्ठ उपाध्यक्षमाथि कार्वाहीको माग राख्दै पत्राचार गर्नेमा महावीर क्लब, खालीबारी युवा फुटबल क्लब, झम्सीखेल युथ क्लब, स्वयम्भू क्लब, मनोहरा युनाइटेड क्लब, पुल्चोक स्पोर्टस क्लब, स्पोर्टस एकेडेमी साँगा, समाज कल्याण खेलकुद केन्द्र, सानेपा क्लब र सामाजिक युथ क्लब छन् । 

गतवर्ष सम्पन्न ‘सी’ डिभिजन लिगका कतिपय खेलहरुमा संकास्पद गतिविधि देखिएको भन्दै फुटबल वृत्तमा व्यापक चर्चा भएको थियो । लिगकै सहभागी कतिपय क्लबका पदाधिकारीहरुले समेत अनौपचारिक कुराकानीमा हाकाहाकी खेल मिलोमतो भएको भन्दै गुनासो गरेका थिए ।

‘सी’ डिभिजन क्लबले बुझाएको पछिल्लो पत्र पनि कार्यसमितिमा बहुमत पुर्याउने खेलमै साढे दुई वर्षभन्दा लामो समय खर्चिसकेको एन्फा नेतृत्वको नयाँ चाल भएको विपक्षीहरुको आरोप छ ।

‘नेतृत्वले कार्यसमितिमा उहाँहरुका गलत कामको समर्थन नगरेकै कारण सुर्खेत जिल्ला फुटबल संघ र कर्णाली प्रदेश फुटबल संघमा पनि एन्फा केन्द्रिय कार्यसमितिका सदस्य रविन्द्र चन्दलाई कमजोर बनाउन विभिन्न चाल चलिरहेको छ । सुर्खेतमा जिल्लाको आधिकारिक सिस्टममा हुँदै नभएका क्लबको नाममा आफैले निवेदन हालेर विशेष साधारणसभाको नाटक मञ्चन गरिरहनुुभएको छ,’ एन्फाका एक पदाधिकारीले भने, ‘वरिष्ठ उपाध्यक्षविरुद्ध पनि त्यस्तै अर्को नाटक हुन लागेको हो । नत्र एक वर्षअगाडिको कुरामा ‘सी’ डिभिजन क्लबले अहिले निवेदन हाल्ने थिएनन् । साच्चै मिलोमतो नगरेको भए वा उनीहरुको गरिमामा असर गरेको भए यति लामो समय किन कुर्नु ? अहिले संस्थापनलाई साथ दिँदै आएका केही साथीहरुले अब नेतृत्वका कुकर्मको थप भारी नबोक्ने निर्णय लिनेवित्तिकै यस्ता गतिविधि हुन थालेका छन् । हाम्रा लागि यी सब प्रतिक्रियाहरु अपेक्षित हुन् । अब फुटबल प्रशासन सफा गर्ने हाम्रो अभियान सुरु भइसकेको छ । उहाँहरुका यस्ता बाधाहरुले नेपाली फुटबल जोगाउने हाम्रो अभियान रोकिने छैन ।’

नेतृत्वले आफ्नो विरोधमा जानेहरुलाई कार्वाहीको डन्डा चलाएर भविश्यमा अरुलाई पनि गलतका विरुद्धमा आवाज उठाउन नसक्ने वातावरण सिर्जना गर्न खोजेको र त्यसलाई कुनै पनि हालतमा सफल हुन नदिने ती पदाधिकारीले बताए ।

‘हामी कार्यसमिति भित्र र बाहिर दुवैतिरबाट फुटबल सफा गर्ने र देशको सबभन्दा लोकप्रिय खेलको अस्तित्व मर्न नदिने अभियानलाई जसरी पनि पूरा गरेरै छाड्छौं । नेतृत्व जति अधिनायकवादी भए पनि उनीहरुको अभिष्ठ पूरा हुने छैन,’ उनले थपे, ‘सत्तामा अकण्टक बसिरहने र तर मारिरहने इच्छा हुनेले देशभित्र फुटबल गराउनुपर्छ । निर्वाचित भएर आएको तीन वर्ष हुन लागिसक्दा पनि लिगको साइकल पूरा गर्न नसक्ने नेतृत्वले कार्वाहीको धम्की दिएर, क्लबलाई उचालेर पत्र लेख्न लगाएर हामी डराउने छैनौं ।’


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate