चैत्र ६, २०८२ शुक्रबार | ०६:१६:२२
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

एन्फा राजनीतिमा अर्को मोड, वरिष्ठ उपाध्यक्षविरुद्ध कार्वाहीको माग

एन्फा अध्यक्षलाई निवेदन बुझाउँदै ‘सी’ डिभजन क्लबका प्रतिनिधि दिवाकर घले (दायाँ) ।

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगका १० क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निलम्बन सहितको कार्वाही माग राख्दै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पत्राचार गरेका छन् ।

उपाध्यक्ष दीपक खतिवडा र सदस्य महेन्द्र क्षेत्री संस्थापनबाट अलग भएसँगै एन्फा राजनीतिको कार्यसमिति अंकगणितमा हेरफेर भएपछि ‘सी’ डिभिजन क्लबहरुले नेतृत्वको विपक्षमा रहँदै आएका वरिष्ठ उपाध्यक्षविरुद्ध यस्तो कदम चालेका हुन् ।

वरिष्ठ उपाध्यक्ष खड्काले गतवर्ष सम्पन्न ‘सी’ डिभिजन लिगमा खेल मिलोमतो भएको आरोप लगाई विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको तथा फिफा र एएफसीमा पत्राचार गरेको भन्दै उनीमाथि कार्वाहीको माग गरेका छन् ।

‘आफै नेपाली फुटबलको नेतृत्वमा रहेका निज वरिष्ठ उपाध्यक्षले आफ्नो फुटबल खेलको रानीतिक स्वार्थका लागि भ्रम फैलाउने उद्देश्यले नेपाली फुटबल विकासको क्षेत्रमा कृयासिल हामी ‘सी’ डिभिजन क्लबहरुका विरुद्ध आधार र प्रमाणविना खेल मिलोमतोजस्तो गम्भीर विषयमा दिएका अभिव्यक्तिहरु र गरेका गतिविधिहरुले हामी क्लबहरुको गरिमामा समेत गम्भीर असर परेको हुँदा निज वरिष्ठ उपाध्यक्षलाई तत्काल निलम्बन गरि कार्वाही गर्नका लागि माग गर्दै निवेदन गर्दछौं,’ पाँच क्लबले एन्फा अध्यक्षलाई लेखेको संयुक्त पत्रमा भनिएको छ ।

वरिष्ठ उपाध्यक्षमाथि कार्वाहीको माग राख्दै पत्राचार गर्नेमा महावीर क्लब, खालीबारी युवा फुटबल क्लब, झम्सीखेल युथ क्लब, स्वयम्भू क्लब, मनोहरा युनाइटेड क्लब, पुल्चोक स्पोर्टस क्लब, स्पोर्टस एकेडेमी साँगा, समाज कल्याण खेलकुद केन्द्र, सानेपा क्लब र सामाजिक युथ क्लब छन् । 

गतवर्ष सम्पन्न ‘सी’ डिभिजन लिगका कतिपय खेलहरुमा संकास्पद गतिविधि देखिएको भन्दै फुटबल वृत्तमा व्यापक चर्चा भएको थियो । लिगकै सहभागी कतिपय क्लबका पदाधिकारीहरुले समेत अनौपचारिक कुराकानीमा हाकाहाकी खेल मिलोमतो भएको भन्दै गुनासो गरेका थिए ।

‘सी’ डिभिजन क्लबले बुझाएको पछिल्लो पत्र पनि कार्यसमितिमा बहुमत पुर्याउने खेलमै साढे दुई वर्षभन्दा लामो समय खर्चिसकेको एन्फा नेतृत्वको नयाँ चाल भएको विपक्षीहरुको आरोप छ ।

‘नेतृत्वले कार्यसमितिमा उहाँहरुका गलत कामको समर्थन नगरेकै कारण सुर्खेत जिल्ला फुटबल संघ र कर्णाली प्रदेश फुटबल संघमा पनि एन्फा केन्द्रिय कार्यसमितिका सदस्य रविन्द्र चन्दलाई कमजोर बनाउन विभिन्न चाल चलिरहेको छ । सुर्खेतमा जिल्लाको आधिकारिक सिस्टममा हुँदै नभएका क्लबको नाममा आफैले निवेदन हालेर विशेष साधारणसभाको नाटक मञ्चन गरिरहनुुभएको छ,’ एन्फाका एक पदाधिकारीले भने, ‘वरिष्ठ उपाध्यक्षविरुद्ध पनि त्यस्तै अर्को नाटक हुन लागेको हो । नत्र एक वर्षअगाडिको कुरामा ‘सी’ डिभिजन क्लबले अहिले निवेदन हाल्ने थिएनन् । साच्चै मिलोमतो नगरेको भए वा उनीहरुको गरिमामा असर गरेको भए यति लामो समय किन कुर्नु ? अहिले संस्थापनलाई साथ दिँदै आएका केही साथीहरुले अब नेतृत्वका कुकर्मको थप भारी नबोक्ने निर्णय लिनेवित्तिकै यस्ता गतिविधि हुन थालेका छन् । हाम्रा लागि यी सब प्रतिक्रियाहरु अपेक्षित हुन् । अब फुटबल प्रशासन सफा गर्ने हाम्रो अभियान सुरु भइसकेको छ । उहाँहरुका यस्ता बाधाहरुले नेपाली फुटबल जोगाउने हाम्रो अभियान रोकिने छैन ।’

नेतृत्वले आफ्नो विरोधमा जानेहरुलाई कार्वाहीको डन्डा चलाएर भविश्यमा अरुलाई पनि गलतका विरुद्धमा आवाज उठाउन नसक्ने वातावरण सिर्जना गर्न खोजेको र त्यसलाई कुनै पनि हालतमा सफल हुन नदिने ती पदाधिकारीले बताए ।

‘हामी कार्यसमिति भित्र र बाहिर दुवैतिरबाट फुटबल सफा गर्ने र देशको सबभन्दा लोकप्रिय खेलको अस्तित्व मर्न नदिने अभियानलाई जसरी पनि पूरा गरेरै छाड्छौं । नेतृत्व जति अधिनायकवादी भए पनि उनीहरुको अभिष्ठ पूरा हुने छैन,’ उनले थपे, ‘सत्तामा अकण्टक बसिरहने र तर मारिरहने इच्छा हुनेले देशभित्र फुटबल गराउनुपर्छ । निर्वाचित भएर आएको तीन वर्ष हुन लागिसक्दा पनि लिगको साइकल पूरा गर्न नसक्ने नेतृत्वले कार्वाहीको धम्की दिएर, क्लबलाई उचालेर पत्र लेख्न लगाएर हामी डराउने छैनौं ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो