चैत्र १२, २०८२ बिहीबार | १२:२८:२८
अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित

राष्ट्रिय महिला लिग फाइनलः बलियो एपिएफविरुद्ध पुलिसलाई विना कुनै दबाब खेल्न आवश्यक

काठमाडौं । अन्ततः पाँच महिनासम्म चलेको एन्फा राष्ट्रिय महिला लिग २०२४/२५ बुधबार (आज) औपचारिक रुपमा समापन हुँदैछ । बुधबार फाइनल खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लब आमने–सामने हुँदैछन् । खेल राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजे हुनेछ ।

लिगमा एपिएफले १८ खेल खेल्दा एक खेलमा पनि हार बेहोरेको छैन । पछिल्ला संस्करणभन्दा फरक ढाँचामा खेलाइएको यस लिगमा पुलिसविरुद्ध एपिएफको यो चौथो भेट हुनेछ । यसअघिका तीन खेलमा एपिएफले दुई खेलमा नतिजा आफ्नो पक्षमा पारेको थियो । एक खेल गोलरहित बराबरीमा समाप्त भएको थियो । यी तीन खेलमा एपिएफले पुलिसको पोस्टमा १० गोल गरेकोे थियो । जवाफमा पुलिसले एपिएफको पोस्टमा एक गोल पनि फर्काउन सकेन । यही कारण एपिएफ उपाधिका लागि फेबरेट टोली रहनेछ । अनि पुलिस विगतका खेलहरु जस्तै अन्डरडग ।

पुरानै ढाँचामा फर्कने हो भने एपिएफ अहिलेसम्म लिग च्याम्पियन भइसक्नु पर्ने हो । तर, एन्फाले यसपालि लिगलाई अर्कै आकार दियो, विषयको पाठ्यक्रम परिवर्तन भएजस्तै । जसका कारण अंकका हिसाबमा लिग जितिसकेको एपिएफले प्लेअफ खेल्नुपर्ने भयो । सुपर स्टेज नाम दिइएको दोस्रो चरणका सबै खेलमा शतप्रतिशत नतिजा निकाल्दै पहिलो क्वालिफायरमा स्थान बनाएको एपिएफले त्रिभुवन आर्मीविरुद्ध पुनरागमन जित हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । अब उपाधिका लागि एपिएफ मात्र ९० मिनेट टाढा छ ।

फेबरेट भनिए पनि एपिएफलाई एउटा कुराको भने सताइरहेको हुनुपर्छ । त्यो हो केही तल–माथि भयो भने ? आखिर पुलिसको लक्ष्य पनि एपिएफलाई जसरी हुन्छ निराश पार्नु न हो । यद्यपि खेलाडीको स्तर, पछिल्ला खेलहरुको मूल्याङ्कन गर्ने हो भने एपिएफ जितको निर्विकल्प दाबेदार जस्तै देखिन्छ । लिग चरणमा एपिएफले जसरी खेल्दै आएको थियो, त्यही प्रदर्शन अन्तिम पटक दोहोर्याउने हो भने यो खेल औपचारिकतामा मात्र सिमित रहनेछ ।

पुलिसका हकमा टोलीको जितको शुत्र के हुन सक्ला ? जवाफ सहज छः पुलिसले बुधबारको फाइनलमा विना कुनै दबाब खेल्न आवश्यक छ ।

पुलिस स्टार खेलाडीले भरिएको एपिएफको स्तरका बारेमा जानकार छ । फाइनल खेलमा आफू अन्डरडग रहेको कुरा पुलिस आफैले स्विकारेको तथ्य हो । पुलिसले पछिल्ला पाँच खेलमा एक गोल मात्र गरेको छ । निश्चित छ, फाइनलमा पनि पुलिसलाई गोल गर्न हम्मे–हम्मे नै देखिन्छ । यस्तोमा पुलिसको एउटै लक्ष्य भनेको एपिएफको आक्रमणलाई रोक्नु हुनेछ । यसका लागि पुलिससँग अमृता जैसीको रुपमा प्रमुख हतियार छ । राष्ट्रिय महिला टोलीकी सिनियर खेलाडीमध्ये एक अमृता नै पुलिसको झिनो आश रहनेछ । एपिएफका फरवार्डबाट गोल हुन नदिन अमृतालाई राष्ट्रिय टोलीकी अर्की सदस्य समीक्षा घिमिरेको साथ अत्यावश्यक छ । त्यस्तै राइट ब्याक पूजा रानाको प्रस्तुतिले पनि खेलमा फरक पार्नेछ ।

अमृता जैसीको निर्णायक गोलमा पुलिसले इलिमिनेटरमा बागमती युवा क्लबलाई हराएको थियो । दोस्रो क्वालिफायरमा पुलिसको भेट आर्मीसँग भएको थियो । जहाँ पूजाले आर्मीकी विंगर विमला चौधरीको एकपछि अर्को आक्रमणलाई विफल पारेकी थिइन् । जसअनुसार खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि पूजाले त्यही प्रदर्शन दोहोर्याइन् र पुलिसले आर्मीलाई गोल गर्न दिएन । गोलकिपर उषा नाथले तीनवटा प्रहार बचाएपछि पेनाल्टी सुटआउटमा पुलिस २-१ गोल अन्तरले विजयी भएको थियो । फाइनलमा पूजालाई एपिएफकी विंगर सवीता रानामगरको चुनौती हुनेछ । यसका लागि पूजा तयार छिन् त ?

‘हामीले आर्मीविरुद्ध जसरी पनि टाइब्रेकरमा लैजाने योजना बनाएका थियौं । एपिएफविरुद्ध पनि हाम्रो लक्ष्य भनेको उपाधि जित्ने नै हो,’ पूजा भन्छिन, ‘प्रशिक्षकको रणनीति अनुसार खेल्नेछौं ।’

पुलिसका मुख्य प्रशिक्षक भोलानाथ सिलवालले यो खेललाई कसरी लिएका छन् त ? फाइनलको पूर्वसन्ध्यामा सिलवाल यस्तो प्रतिक्रिया दिए, ‘एपिएफ हामीभन्दा धेरे अगाडि छ । हामीले एपिएफलाई कसरी रोक्न सकिन्छ भनेर तयारी गरेका छौं । सम्भवतः हामी काउन्टर आक्रमणको रणनीतिमा खेल्नेछौं ।’

सिलवालले काउन्टर आक्रमण भनिरहँदा सुपर स्टेजको पहिलो चरणमा बेहोरेको हार भने विर्सेका छैनन् । त्यस खेलमा एपिएफले पुलिसमाथि ६-० को फराकिलो जित हासिल गरेको थियो । एपिएफका लागि कप्तान अनीता बस्नेतले ह्याट्रिक गोल गरेकी थिइन् । पुलिसविरुद्ध एपिएफका लागि हेर्नलायक खेलाडी अनिता नै रहनेछिन् । अनितासँगै सर्वाधिक गोलकर्ताको दौडमा ३५ गोलका साथ शीर्ष स्थानमा रहेकी रश्मीकुमारी घिसिङ पनि पुलिसका लागि खतरा बन्न सक्ने अर्की खेलाडी हुन् । आर्मीविरुद्धको क्वालिफायरमा एपिएपफ निर्धारित समय सकिन १२ मिनेट बाँकी रहँदासम्म १-० ले पछाडि थियो । पछि रश्मीले १० मिनेटभित्र दुई गोल फर्काएपछि आर्मी २-१ को नतिजामा स्तब्ध भएको थियो । सुपर स्टेजको दोस्रो लेगमा भने एपिएफले पुलिसको पोस्टमा दुई गोल मात्र गर्न सफल भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो