माघ १८, २०८२ आइतबार | १२:४९:३९
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

बार्सिलोना क्वार्टरफाइनलमा

काठमाडौं । रियाल बेटिसविरुद्ध ५-१ को सहज जित दर्ता गर्दै बार्सिलोनाले स्पेनिस कोपा डेल रेको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

ओलम्पिक लुइस कम्पनिज रंगशालामा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन गाभी, जुल्स कुन्डे, राफिन्हा, फेरान टोरेस र लामिन यामलले गोल गरे । बेटिसका लागि भिक्टर रोकले एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमै गाभीको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । २७औं मिनेटमा कुन्डेले टोलीको अग्रता दोब्बर बनाए ।

राफिन्हाले ५८औं मिनेटमा गोल गर्दा बार्सिलोना ३-० ले अगाडि बढ्यो । ९ मिनेटपछि टोरेसले गोल गर्दा बार्सिलोनाको अग्रता ४-० मा पुग्यो ।

यामलले ७५औं मिनेटमा बार्सिलोनाका लागि पाँचौं गोल गरे । निर्धारित सयम सकिन ६ मिनेट बाँकी रहँदा रोेकले पेनाल्टीमार्फत गरेको गोल बेटिसका लागि सान्त्वना बन्यो ।

अर्को खेलमा इल्चेविरुद्ध ४-० को सहज जित निकाल्दै एट्लेटिको मड्रिडले पनि क्वार्टरफाइनलको यात्रा तय गरेको छ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।