चैत्र १०, २०८२ मंगलबार | १४:५०:००
डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी

विभागीय डर्बी अर्थात प्रतिष्ठाको लडाई

एपिएफको टिम, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । सिनियर प्रशिक्षण करिअरको सुरुआती वर्षमा रहेका भोलानाथ सिलवाल नेपाल प्रहरीमा भर्ती भएको ठ्याक्कै दुई दशक भयो । पुलिस क्लबले तीन पटक शीर्ष डिभिजन र एक पटक राष्ट्रिय लिग जित्दाका सुनौला पुस्ताका खेलाडी हुन् भोला । २०६२ बाट नेपाल पुलिसबाट लिग खेल्न सुरु गरेका भोलाले डेढ वर्षअघि मात्र सक्रिय खेल जीवनबाट संन्यास लिएका थिए ।

राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर भोला हँसिलो स्वभावका छन् । सबैसँग हाँसेर कुरा गर्छन् । तर, यति लामो करिअरमा यो हँसिलो अनुहारले कयौंपटक आँसु पनि आत्मासात गरेको हुनुपर्छ । धेरै त खुसीका आँसु बगेका थिए होलान्, कतिपय क्षणमा उनी भक्कानिएका पनि हुनुपर्छ । भोलालाई सायदै याद होला उनी पछिल्लो पटक कहिले रोएका थिए भनेर । यो सन्दर्भ एक्कासी किन निकालिएको हो भने, बिहीबार भोलाको आँखा आँसुले भरिएको थियो ।

एन्फा मुख्यालय मैदानमा अहिले राष्ट्रिय महिला लिगको दोस्रो चरण चलिरहेको छ । बिहीबार भोलाको नेतृत्वमा रहेको नेपाल पुलिस क्लबले विभागीय डर्बीमा जीवेश पाण्डेको नेतृत्वमा रहेको एपिएफ क्लबविरुद्ध ६-० को फराकिलो हार बेहोरेको थियो । खेलपछि आँखामा आँसु बोकेर भोला पत्रकारसमक्ष प्रस्तुत भए । उनी इमोस्नल थिए । नहुन पनि कसरी विभागको प्रतिष्ठासँग जोडिएको खेलमा पुलिसले यति धेरै अन्तरको हार बेहोर्नु परेको थियो । भावनात्मक हुनुका बावजुद भोलाले सँधैझैँ हाँस्दै सोधिएका प्रश्नको उत्तर दिए । सायद आँखामा आँसु रहेको कुरामा आफैं अनविज्ञ थिए कि? हुनसक्छ ।

मुस्कुराउँदै भोलाले भने,‘यत्रो गोल हुन्छ भनेर सोचेको थिएन । हामीले पहिलो चरणमा एपिएफविरुद्ध गोलरहित बराबरी खेलेका थियौं । हारपछि यसरी बोल्नु पर्दा गाह्रो हुँदो रहेछ । दिन बिराएर खेल्नुपर्दा  हाम्रा खेलाडी थकित देखिएका थिए । अर्को कुरा एपिएफको तुलनामा हामी स्तरका हिसाबमा अलिकति पछाडि पनि छौं ।’

पुलिसविरुद्ध ह्याट्रिक गरेकी अनिता बस्नेत, तस्विरः सरोज सापकोटा/ खेलाडी ।
 

कप्तान अनिता बस्नेतको ह्याट्रिकप्रेरित एपिएफले सानदार जित हासिल गरेको थियो । अनिताबाहेक मिडफिल्डर सरु लिम्बुले दुई  र अर्की मिडफिल्डर रेनुका नगरकोटेले एक गोल थपे । पहिलो हाफमा दुई गोल खाएको पुलिसले निर्धारित समयसम्म थप दुई गोल खाएको थियो । 

भोला खेलाडी जीवनमा धेरै विभागीय डर्बीको हिस्सा रहे । यी विभागीय डर्बीमा यस्तो फराकिलो हार उनले सायदै आत्मासात गरेका थिए होलान् । सिनियर प्रशिक्षण करियरमा भोलाको यो चौंथो विभागीय डार्बी हो । यसअघिका तीन खेलमा भोलाको टोलीले बराबरी खेलेको थियो । पुलिसले यही लिगमा दुई पटक त्रिभुवन आर्मीविरुद्ध बराबरी खेलेको छ । त्यस्तै पुलिसले एपिएफविरुद्ध पहिलो चरणमा गोलरहित बराबरी खेलेको थियो ।

खेलाडी जीवन होस वा प्रशिक्षकको भूमिकामा, विभागीय डार्बीमा हार बेहोर्दा कस्तो महसुस हुन्छ ? भोला सुनाउँछन्,‘विभाग विभाग खेल्दा जित्नुपर्छ भन्ने भावना हुन्छ । खेलाडी हुँदा मैले यो कुरा धेरै महसुस गरेको छु । तर, प्रशिक्षक हुँदा छुट्टै हुने रहेछ । टचलाइनमा रहँदा खेलाडीभन्दा धेरै जिम्मेवारी बोध हुने रहेछ । धेरै गाह्रो हुने रहेछ । आज दुई चार गोल खाएपछि त मेरो बोली नै बन्द भएजस्तो भयो । पूरा ९० मिनेट टचलाइनमा बस्न एकदमै गाह्रो भयो ।’

भोलाका यी कुराले पनि थाहा हुन्छ, पुलिस र उनको सम्बन्ध कस्तो हो भन्ने । भोला आज जुन स्थानमा छन् त्यो सबै पुलिसकै देन न हो । अनि पुलिस पनि भोलाको योगदानप्रति कृतज्ञ छ । यही कुरा एपिएफका प्रशिक्षक जीवेशमा पनि लागू हुन्छ ।

घरेलु फुटबलमा ख्याति कमाएका खेलाडीमध्ये एक हुन् जीवेश । कुनै बेलाका स्टार खेलाडी जीवेश ६१ सालमा एपिएफमा भर्ती भएका थिए । एपिएफमा ८ वर्ष बिताएका जीवेशले सक्रिय खेल जीवनबाट सन्यास लिएको १२ वर्षभन्दा बढी भइसक्यो । अहिले प्रहरी नायब उपरीक्षक (डिएसपी)को पदमा रहेका जीवेशका लागि आफ्नो विभागको प्रतिष्ठा सबैभन्दा ठूलो कुरा हो । जीवेश पनि सिनियर प्रशिक्षण करिअरमा सुरुआती वर्षमा छन् ।

डर्बीमा एपिएफले जित हासिल गर्दा जीवेशलाई कस्तो महसुस हुन्छ ?

‘विभागीय डर्बी भनेको अन्य खेलभन्दा बेग्लै नै हुन्छ । आफू खेल्दा पनि अहिले प्रशिक्षक हुँदा पनि खेलको महोल उस्तै हुने रहेछ । मलाई त आफैं नै खेलिरहेको छु जस्तो लाग्यो आज,’ पुलिसविरुद्धको जितपछि जीवेशले भने, ‘खेल जित्दा एकदमै खुसीको महसुस हुन्छ । भावनात्मक रुपमा भन्दा पहिला जस्तो थियो अहिले पनि त्यस्तै महसुस गर्ने गरेको छु । मेरो जिम्मेवारी मात्र परिवर्तन भएको हो । उतिबेला पनि मेरो मनमा विभागका लागि जित्नुपर्छ भन्ने थियो । अहिले पनि उही छ ।’

जीवेश खेलका लागि आत्मविश्वासी थिए । किनभने स्तरका हिसाबले एपिएफ पुलिसभन्दा अगाडि नै थियो । दोस्रो चरणको सुरुआती दुई खेलमा एपिएफले विपक्षी पोस्टमा १४ गोल गरेको थियो । तर, यी दुई टोली विभाग बाहिरका टोली थिए । जीवेश पुलिसविरुद्धको खेल नै लिगमा एपिएफको वास्तविक परीक्षा रहेको बताउँदै आएका थिए । भन्छन्,‘हाम्रो लागि बागमती र वालिङविरुद्धको खेल वार्म अप जस्तो थियो । पुलिसविरुद्ध हाम्रो वास्तविक परीक्षा थियो । म जित्नेमा कन्फिडेन्ट थिएँ । योजना अनुसारकै खेल प्रस्तुत गर्न सक्यौं । खेलाडीले जिम्मेवारी बखुबी निभाए ।’

कप्तान अनिताका लागि पनि यो तीन गोलले विशेष अर्थ राखेको छ । विभागीय डर्बीमा अनिताको यो पहिलो ह्याट्रिक रह्यो । विंगर अनितालाई यो जितले के अर्थ राख्छ त?

‘विभागीय डर्बीमा यसरी फराकिलो जित हासिल गर्दा खुसी त लाग्छ । तर, नेपाली महिला फुटबल त्यस्तो प्रतिस्पर्धात्मक छैन । पक्कै पनि आफ्नो विभागको नाम राख्न पाउँदा खुसी त लाग्छ नै । तर, खेल नै प्रतिस्पर्धात्मक बनेन भने के मज्जा ?’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो