चैत्र १६, २०८२ सोमबार | १४:०५:१९
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

लुम्बिनी कपको आयोजकले गर्यो अञ्जिलाको बिदाइ

अञ्जिलकाको बिदाइ गरिँदै

काठमाडौं । फागुनको अन्तिम साता नेपालगञ्जमा हुने तय भएको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको आयोजकले राष्ट्रिय महिला टिमकी गोलकिपर तथा कप्तान अञ्जिला तुम्बापो सुब्बालाई शुक्रबार बिदाइ गरेको छ ।

आफ्नो बायोपिक ‘फिल्म अञ्जिला’को प्रिमियरका लागि हङकङ जान लागकी अञ्जिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरियो । 

फिल्ममा अञ्जिला नै मुख्य पात्रको भूमिका निर्वाह गरेकी छन् ।

अञ्जिला हङकङबाटै व्यावसायिक फुटबल खेल्न ग्रिसतर्फ लाग्नेछिन् । ग्रिसको शीर्ष डिभिजनको क्लब निस एट्रोमिटोउबाट उनले यो सिजनको ग्रिक लिग खेल्नेछिन् ।

युरोपमा व्यावसायिक फुटबल खेल्ने कप्तान अञ्जिला दोस्रो नेपाली खेलाडी बन्नेछिन् । अञ्जिलाअघि राष्ट्रिय टिममा उनकी सहकर्मी सावित्रा भण्डारीले फ्रान्सका. शीर्ष डिभिजनको टोली गुइनग्याम्पबाट खेलिरहेकी छिन् ।

अन्तराल र बाँके जिल्ला फुटबल संघको संयुक्त आयोजनामा हुने प्रतियोगिको केही दिन अञ्जिला र नेपाली राष्ट्रिय महिला टिमकी पहिलो कप्तान रमा सिंहले संयुक्त रुपमा ब्यानर सार्वजनिक गरेका थिए ।

आयोजकले नेपाली महिला फुटबलको अन्तर्राष्ट्रिय सम्भावना प्रचुर रहेको र त्यही सम्भावनालाई यथार्थमा परिणत गर्ने अभियानस्वरुप प्रतियोगिता गर्न लागेको जनाएको छ । प्रतियोगिता प्रत्येक वर्ष आयोजना गरिने बताइएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो