माघ २, २०८१ बुधबार | ११:१६:२५
एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित

महिला साफ च्याम्पियनसिपः नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने

गत संस्करणको उपविजेता नेपाली टोली, फाइल तस्विर ।

काठमाडौं । दक्षिण एसिया फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको पहिलो खेलमा घरेलु टोली नेपालले भुटानको सामना गर्ने भएको छ ।

साफले बिहीबार निकालेको तालिका अनुसार समूह ‘बी’ को खेल अक्टोबर १८ मा साँझ ५ः३० देखि सुरु हुनेछ ।

नेपालले अक्टोबर २१ मा माल्दिभ्स र अक्टोबर २४ मा श्रीलंकाको सामना गर्नेछ ।

यसैगरी समूह ‘ए’ मा  साबिक विजेता बंगलादेशसँगै भारत र पाकिस्तान छन् ।

महिला साफ च्याम्पियनसिपकाे खेल तालिका । 

प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै छन् । यो खेल अक्टोबर १७ मा साँझ ५ः३० बजे सुरु हुनेछ ।

 प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

महिला साफ च्याम्पियनसिपका पछिल्ला दुई संस्करण सन् २०१९ र २०२२ मा पनि नेपालमै भएको थियो। गत संस्करणको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो ।

प्रतियोगितामा हालसम्म ६ संस्करण समाप्त हुँदा भारत पाँच र बंगलादेश एक पटक च्याम्पियन बनेका छन् ।
 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO