माघ १७, २०८२ शनिबार | १२:२८:०४
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

सन्दीप र गोल नम्बर सय

सन्दीप राई नेपाली फुटबलमा निकै परिचित नाम हो । यही नेपाली फुटबल अहिले यिनै सन्दीपबाट भाग्ने बहाना खोज्छ । यस्तो किनभन्दा अन्तर्राष्ट्रिय फुटबल संस्था फिफाबाट उनीमाथि आजीवन प्रतिबन्ध लागेको संयोग छ । सबैलाई थाहा छ, खेल मिलेमतोको आरोपमा उनी र उनका केही साथीमाथि के कस्तो भएको थियो भनेर ।

वास्तवमै विस्मयपूर्ण घटना थियो । अहिले हामी सन्दीपको त्यो कुनै विषयमा मुद्दा बनाएर चर्चा गर्न लागेका होइनौं । उनको नाममा नेपाली फुटबलको एउटा यस्तो उपलब्धि जोडिएको छ, जसको श्रेय भने उनलाई दिनैपर्छ । सायद सन्दीपलाई मात्र होइन, धेरैलाई थाहा नहुन सक्छ । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले गरेको सयौं गोल संख्या उनकै नाममा छ ।

सन् १९८२ देखि नेपालले आधिकारिक फुटबल खेल्न थालेको हो भने त्यसको २४ वर्षपछि यो सय गोलको उपलब्धि हात परेको हो । नेपालले सन् २००८ को मे २४ मा एएफसी च्यालेन्ज कप छनोटको खेल खेलेको थियो । भियतनामको न्होमपेनमा भएको त्यो छनोटको पहिलो खेल मकाउविरुद्ध थियो । त्यसमा नेपाल ३-२ ले विजयी रह्यो ।

यसमै सन्दीपले ४३औं मिनेटमा पहिलो गोल गरेका थिए । संयोगले यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल पनि थियो । यही गोल नेपालका लागि सम्भव भएको अन्तर्राष्ट्रिय फुटबलको सयौं ऐतिहासिक गोल रह्यो । त्यो खेलमा नेपालको तर्फबाट भएका अन्य दुई गोल जुमानु राईले गरेका थिए । छनोटको दोस्रो खेलमा पनि नेपाल १-० ले विजयी रह्यो ।

नेपालले पाएका माथिल्लो दर्जाका खेलाडीमध्ये एक हुन् सन्दीप । उनले लामो समय नेपालको रक्षापंक्ति सम्हाले । टिमको आवस्यकताअनुसार मिड्फिल्डमा पनि उनी उत्तिकै प्रभावकारी हुने गर्थे । नेपाली घरेलु फुटबलका पनि उनी लेजेन्डरी खेलाडी नै हुन् । थ्री स्टार क्लबले हात पारेका अधिकांश सफलतामा उनको कुनै न कुनै भूमिका रहेको छ । त्यस अर्थमा उनलाई नेपाली फुटबलले बिर्सन सक्ने छैन ।

तर, नेपाली फुटबलले उनलाई बिर्सने बहाना खोज्छ । अझ, भाग्ने बहाना खोज्छ । कुरा त्यही हो । त्यस खेलमिलेमतो प्रसंग किन र कसरी होला ? यसमा सधैंका लागि विस्यम भने रहनेछ । यी दुःखका कारण भए । तर, यहींनिर एउटा सुखद कारणका लागि हामीले खेलाडी डटकमको १०० दिनको अवसरमा सन्दीपलाई सम्झने प्रयास गरेका छौं, उनले गरेको त्यही सय नम्बरको गोलका लागि ।  


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।