चैत्र ८, २०८२ आइतबार | ०७:४३:२५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

सन्दीप र गोल नम्बर सय

सन्दीप राई नेपाली फुटबलमा निकै परिचित नाम हो । यही नेपाली फुटबल अहिले यिनै सन्दीपबाट भाग्ने बहाना खोज्छ । यस्तो किनभन्दा अन्तर्राष्ट्रिय फुटबल संस्था फिफाबाट उनीमाथि आजीवन प्रतिबन्ध लागेको संयोग छ । सबैलाई थाहा छ, खेल मिलेमतोको आरोपमा उनी र उनका केही साथीमाथि के कस्तो भएको थियो भनेर ।

वास्तवमै विस्मयपूर्ण घटना थियो । अहिले हामी सन्दीपको त्यो कुनै विषयमा मुद्दा बनाएर चर्चा गर्न लागेका होइनौं । उनको नाममा नेपाली फुटबलको एउटा यस्तो उपलब्धि जोडिएको छ, जसको श्रेय भने उनलाई दिनैपर्छ । सायद सन्दीपलाई मात्र होइन, धेरैलाई थाहा नहुन सक्छ । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले गरेको सयौं गोल संख्या उनकै नाममा छ ।

सन् १९८२ देखि नेपालले आधिकारिक फुटबल खेल्न थालेको हो भने त्यसको २४ वर्षपछि यो सय गोलको उपलब्धि हात परेको हो । नेपालले सन् २००८ को मे २४ मा एएफसी च्यालेन्ज कप छनोटको खेल खेलेको थियो । भियतनामको न्होमपेनमा भएको त्यो छनोटको पहिलो खेल मकाउविरुद्ध थियो । त्यसमा नेपाल ३-२ ले विजयी रह्यो ।

यसमै सन्दीपले ४३औं मिनेटमा पहिलो गोल गरेका थिए । संयोगले यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल पनि थियो । यही गोल नेपालका लागि सम्भव भएको अन्तर्राष्ट्रिय फुटबलको सयौं ऐतिहासिक गोल रह्यो । त्यो खेलमा नेपालको तर्फबाट भएका अन्य दुई गोल जुमानु राईले गरेका थिए । छनोटको दोस्रो खेलमा पनि नेपाल १-० ले विजयी रह्यो ।

नेपालले पाएका माथिल्लो दर्जाका खेलाडीमध्ये एक हुन् सन्दीप । उनले लामो समय नेपालको रक्षापंक्ति सम्हाले । टिमको आवस्यकताअनुसार मिड्फिल्डमा पनि उनी उत्तिकै प्रभावकारी हुने गर्थे । नेपाली घरेलु फुटबलका पनि उनी लेजेन्डरी खेलाडी नै हुन् । थ्री स्टार क्लबले हात पारेका अधिकांश सफलतामा उनको कुनै न कुनै भूमिका रहेको छ । त्यस अर्थमा उनलाई नेपाली फुटबलले बिर्सन सक्ने छैन ।

तर, नेपाली फुटबलले उनलाई बिर्सने बहाना खोज्छ । अझ, भाग्ने बहाना खोज्छ । कुरा त्यही हो । त्यस खेलमिलेमतो प्रसंग किन र कसरी होला ? यसमा सधैंका लागि विस्यम भने रहनेछ । यी दुःखका कारण भए । तर, यहींनिर एउटा सुखद कारणका लागि हामीले खेलाडी डटकमको १०० दिनको अवसरमा सन्दीपलाई सम्झने प्रयास गरेका छौं, उनले गरेको त्यही सय नम्बरको गोलका लागि ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो