काठमाडौं । चर्च ब्वाइज युनाइटेडले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा मंगलबार एफसी खुमलटारविरुद्ध २-१ को को जित निकालेको छ ।
चौथो जितसँगै चर्च ब्वाइजले सात खेलमा १३ अंक जोडेको छ । छैटौं हार ब्यहोरेको खुमलटारको समान खेलबाट तीन अंक छ ।
सादोबाटोस्थित एन्फा मुख्यालय मैदानमा चर्च ब्वाइजलाई जित दिलाउन सन्दीप ठाडामगर र आभास रोकाले गोल गरे । खुमलटारका लागि एलिक श्रेष्ठले गोल फर्काए ।
खेलको ५०औं मिनेटमा सन्दीपको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो । यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । सात मिनेटपछि नै एलिकले खुमलटारलाई बराबरीमा ल्याए ।
बराबरी तिर उन्मुख खेलको इन्जुरी समयमा आभासले गोल गर्दै खुमलटारलाई जित दिलाए ।
मंगलबार नै सम्पन्न पहिलो खेलमा थ्री स्टार क्लबले सातदोबाटो युथ क्लबविरुद्ध ३-० को सहज जित निकालेको थियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
