भाद्र २७, २०८२ शनिबार | १०:३८:४८
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने

चर्च ब्वाइज भित्रिए ग्याबह

काठमाडौं । एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि चर्च ब्वाइज युनाइटेडले विदेशी खेलाडीको रूपमा घानाका फरवार्ड मोसेस ग्याबह ट्वामलाई अनुबज्भ गरेको छ ।

क्लबले सामाजिक सञ्जालमार्फत ग्याबहलाई अनुबन्ध गरेको जानकारी दियो ।

ग्याबह चर्च ब्वाइज भित्रिने तेस्रो विदेशी खेलाडी हुन् । क्लबले यसअघि रक्षक किरम ओमोलाजा नुरेन र मिडफिल्डर पिटरलाई अनुबन्ध गरेको थियो ।

ग्याबहले विभागीय टोली नेपाल पुलिस क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग तथा पोखरा थन्डर्सबाट नेपाल सुपर लिग ( एनएसएल) खेलेका थिए ।

यसैगरी अनन्त तामाङलाई कप्तानी जिम्मेवारी दिएको क्लबले यसअघि गोलकिपर दीप कार्की, फरवार्ड अञ्जन विष्ट, सञ्जीव विष्ट, मिडफिल्डर एरिक विष्ट, लाकेन लिम्बु, रोहन कार्की ,विंगर आयुश घलान र रक्षक सनिश श्रेष्ठलाई अनुबन्ध गरिसकेको छ ।

टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा रमेश दंगाल छन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजले दशरथ रंगशालामा भुटानको पारो एफसीको सामना गर्दैछ ।

अगस्ट १३ मा हुने यो खेलको विजेता मुख्य प्रतियोगिताका लागि छनोट हुनेछ। प्रतियोगितामा छनोट भए चर्च ब्वाइजले न्युनतम १ लाख अमेरिकी डलर प्राप्त गर्नेछ।


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS