काठमाडौं । थ्री स्टार क्लबले ललित स्मृति एन्फा यु-१८ लिगमा बिहीबार जावलाखेल युथ क्लबविरुद्ध २-० को जित निकालेको छ ।
दोस्रो जितसँगै थ्री स्टारले ६ खेलमा सात अंक जोडेको छ । पराजित जावलाखेलको समान खेलबाट पाँच अंक छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन दुवै गोल रोमन श्रेष्ठले गरे ।
खेलको १०औं मिनेटमा रोमनको गोलमार्फ थ्री स्टारले अग्रता लिएको थियो । चार मिनेटपछि नै रोमने व्यक्गित दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
विवश दर्लामीले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै ७५औं मिनेटमा मैदान छाडेपछि जावलाखेल १० खेलाडीमा समेटियो ।
बिहीबार नै सम्पन्न पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल एपिएफ क्लबलाइृ २ १ ले पराजित गरेको थियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
