चैत्र ५, २०८२ बिहीबार | २१:०५:४२
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् !

युरोपियन च्याम्पियनसिप खेलका सात टोली युइएफएको कारबाहीमा

काठमाडौं । युरोपियन च्याम्पियनसिपमा समर्थकले रंगभेदी र भेदभावपूर्ण दुर्व्यवहार गरेको भन्दै सात देशका फुटबल संघ युइएफएकाे कारबाहीमा परेका छन् । 

युइएफएले जर्मनीमा सम्पन्न २४ राष्ट्रसम्मिलित प्रतियोगिता खेलेका क्रेएसिया, अल्बानिया, सर्बिया, स्लोभेनिया, रोमानिया र हंगेरीलाई कारबाही गरेको हो ।

सबैभन्दा बढि क्रोएसियालाई ५० हजार युरो जरिवाना तोकिएको छ । क्रोएसिया र अल्बानियाका समर्थकले ह्याम्बर्गमा भएको समूह चरणको खेलमा सर्बिया विरोधी नारा लगाएका थिए। युइएफएले उक्त घटनाको छानबिन गर्ने बताएको थियो। सर्बिया फुटबल महासंघले युइएफएले कुनै कदम नचाले प्रतियोगिताबाट बाहिरिने धम्की दिएको थियो।

क्रोएसिया र स्पेनविरुद्धको खेलमा रंगभेदी व्यवहार गरेको भन्दै अल्बानियालाई ३० हजार युरो जरिवाना गरिएको छ।

यसअघि पनि अल्बानिया र क्रोएसियालाई प्रतियोगिताका क्रममा समर्थकले आतिशबाजी गरेको र खेलमा वस्तु फ्याँकेको भन्दै जरिवाना गरिएको थियो। अल्बानियाका खेलाडी मिरलिन्ड डाकुलाई पनि सर्बियाविरुद्ध राष्ट्रवादी नारा लगाएको भन्दै दुई खेलको प्रतिबन्ध लगाइएको थियो।

यसैगरी रोमानियालाई ४० हजार, सर्बिया, स्लोभेनिया र हंगेरीलाई समान ३० हजार तथा अस्ट्रियालाई २० हजार युरो जरिवाना गरिएको छ।

यसैगरी युइएफएले क्रोएसिया, रोमानिया र सर्बियामाथि घरेलु मैदानबाहिर एक खेलको टिकट बिक्रीमा पनि प्रतिबन्ध लगाएको छ। सेप्टेम्बरमा हुने नेसन्स लिगको यी टोलीले समर्थकविना खेल्नेछन्।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो