चैत्र १२, २०८२ बिहीबार | २२:२३:३४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

दुई घण्टापछि रेफ्रीको निर्णय, अर्जेन्टिना मोरक्कोसँग २–१ ले पराजित

काठमाडौं । पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा रेफ्रीले दुई घण्टापछि निर्णय गरेपछि पूर्व विजेता अर्जेन्टिना मोरक्कोसँग २–१ ले पराजित भएको छ ।

फ्रान्सको जेफरोय गुइचार्ड रंगशालामा बुधबार राति अर्जेन्टिनाका लागि जियुलियानो सिमोन र क्रिस्चियन मदिनाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर, दर्शकका कारण रोकिएको खेल २ घण्टापछि सुरु भयो । जहाँ मदिनाको गोललाई रेफ्रीले अफसाइट दिएका हुन् ।

ओलम्पिकको पहिलो खेल दुई पटक रोकिएको थियो । मोरक्कोका आक्रमक फ्यानले मैदानमै पसेर खेल रोकेका थिए । स्थानीय समयअनुसार दिउसो ३ बजे सुरु भएको खेल सात बजे सम्पन्न भएको थियो ।

खेलपछि अर्जेन्टिनाका प्रशिक्षक जाभियर मास्चेरानोले यो निर्णयपछि दुःख ब्यक्त गरेका छन् । त्यस्तै लियोनल मेसीले पनि सामाजिक सञ्जालमार्फत दुंःख ब्यक्त गरे ।

पहिलो हाफको इन्जुरी समयमा रिहिमीको गोलमार्फत मोरक्कोले अग्रता लिएको थियो । ४९औं मिनेटमा उनैले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

सिमोनले ६८औं मिनेटमा गोल गर्दै खेललाई २–१ को स्थितीमा ल्याए । खेलको इन्जुरी समयमा मदिनाले गोल गर्दै अर्जेन्टिनालाई हारबाट जोगाएका थिए । तर, यही गोललाई भिडियो सहायक रेफ्री (भिएआर)ले अफसाइड दिएको हो ।

यसैगरी समूह ‘सी’ अन्तर्गतको खेलमा स्पेनले उज्वेकिस्तानविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्यो ।

ओलम्पिको पुरुष फुटबलमा यु–२३ टोलीको सहभागिता रहने गर्छ । ओलम्पिकको औपचारिक उद्घाटन साउन ११ गते हुने भए पनि फुटबलको प्रतिस्पर्धा सुरु भइसकेको  छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो