माघ १५, २०८२ बिहीबार | १८:५४:१७
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

एन्फा महिला लिग भदौमा

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग २०८१ भदौ १६ गतेदेखि हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)को बुधबार बसेको भर्चुअल बैठकले महिला लिग भदौमा गर्ने निर्णय गरेको हो । 

बैठकले प्रतियोगिताका लागि २ करोड २४ लाख ६८ हजार ६९८ रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय पनि पारित गरेको छ ।

प्रतियोगितामा नेपाल एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, संकटा, बागमती युवा क्लब, वालिङ र चन्द्रपुर नगरपालिका, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिमले छनोट चरण पार गरेर मुख्य प्रतियोगितामा स्थान बनाएका थिए ।

कूल ४५ खेल हुने पहिलो चरणमा सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष पाँच टोली सुपर लिगमा प्रवेश गर्नेछन् । सुपर लिगमा एक अर्कासँग दुई खेल खेलेपछि चार टोलीले प्ले अफमा स्थान बनाउनेछन् । सुपर लिगमा २० खेल हुनेछ । त्यसपछि क्वालिफायर्स, इलिमिनेटर र फाइनल गरि थप चार खेल हुनेछन् ।

सुपर लिगका शीर्ष दुई टोलीले क्वालिफायर खेल्ने छन् । जसमा विजयी हुने टोलीले फाइनलमा स्थान बनाउने छन् । तेस्रो र चौंथो स्थानमा रहने टोली पहिलो इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । उक्त खेलमा विजयी हुनेले क्वालिफयारमा पराजित हुने टोलीसँग दोस्रो इलिमिनेटर खेल्नेछ । दोस्रो इलिमिनेटरको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ ।

एन्फाले प्रतियोगिता गर्ने स्थानको भने टुंगो लगाएको छैन ।  ‘प्रतियोगिता स्थलका बारेमा हामी दुई तीन दिनमा निर्णय सार्वजनिक गर्नेछौं, ’ एन्फा प्रवक्ता सुरेश शाहले खेलाडी डटकमलाई जानकारी दिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।