चैत्र १३, २०८२ शुक्रबार | १३:५१:१९
खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात

एन्फा महिला लिग भदौमा

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग २०८१ भदौ १६ गतेदेखि हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)को बुधबार बसेको भर्चुअल बैठकले महिला लिग भदौमा गर्ने निर्णय गरेको हो । 

बैठकले प्रतियोगिताका लागि २ करोड २४ लाख ६८ हजार ६९८ रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय पनि पारित गरेको छ ।

प्रतियोगितामा नेपाल एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, संकटा, बागमती युवा क्लब, वालिङ र चन्द्रपुर नगरपालिका, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिमले छनोट चरण पार गरेर मुख्य प्रतियोगितामा स्थान बनाएका थिए ।

कूल ४५ खेल हुने पहिलो चरणमा सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष पाँच टोली सुपर लिगमा प्रवेश गर्नेछन् । सुपर लिगमा एक अर्कासँग दुई खेल खेलेपछि चार टोलीले प्ले अफमा स्थान बनाउनेछन् । सुपर लिगमा २० खेल हुनेछ । त्यसपछि क्वालिफायर्स, इलिमिनेटर र फाइनल गरि थप चार खेल हुनेछन् ।

सुपर लिगका शीर्ष दुई टोलीले क्वालिफायर खेल्ने छन् । जसमा विजयी हुने टोलीले फाइनलमा स्थान बनाउने छन् । तेस्रो र चौंथो स्थानमा रहने टोली पहिलो इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । उक्त खेलमा विजयी हुनेले क्वालिफयारमा पराजित हुने टोलीसँग दोस्रो इलिमिनेटर खेल्नेछ । दोस्रो इलिमिनेटरको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ ।

एन्फाले प्रतियोगिता गर्ने स्थानको भने टुंगो लगाएको छैन ।  ‘प्रतियोगिता स्थलका बारेमा हामी दुई तीन दिनमा निर्णय सार्वजनिक गर्नेछौं, ’ एन्फा प्रवक्ता सुरेश शाहले खेलाडी डटकमलाई जानकारी दिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो