काठमाडौं। कोलम्बियाली कप्तान तथा फरवार्ड जेम्स रोड्रिग्वेज कोपा अमेरिकाको उत्कृष्ट खेलाडी घोषित भएका छन्। उनले आफ्नो कप्तानीमा कोलम्बियालाई २३ वर्षपछि फाइनल पुर्याएका थिए।
रोड्रिग्वेजले प्रतियोगिताका ६ खेलमा एक गोल गर्नुका साथै ६ गोलका लागि अवसर सिर्जना गरेका थिए। उनी चार खेलमा ‘म्यान अफ द म्याच’ घोषित भएका थिए।
फाइनलमा साविक विजेता अर्जेन्टिनासँग १ ० ले पराजित हुँदा कोलम्बिया उपाधि जित्नबाट बञ्चित भएको सथयो । योसँगै कोलम्बियाको अपराजित यात्रा २९ खेलमा आएर टुंगिएको छ।
यसैगरी अर्जेन्टिनाका फरवार्ड लाउटारो मार्टिनेजले ‘गोल्डेन बुट’ र गोलकिपर इमिलियानो मार्टिनेजले ‘गोल्डेन ग्लोभ्स’ प्राप्त गरेका छन् ।
अर्जेन्टिनालाई उपाधि दिलाउन महत्वपूर्ण भुमिका निभाएको मार्टिनेजले ६ खेलमा पाँच गोल गरे । यसैगरी मार्टिनेजले पाँच खेलमा ‘क्लिन सिट’ राखेका थिए
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
