माघ १७, २०८२ शनिबार | १०:२७:४१
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

कोपा अमेरिकाः उरुग्वेलाई तेस्रो स्थान

काठमाडौं । कोपा अमेरिका २०२४ मा उरुग्वेले तेस्रो स्थान हासिल गरेको छ । आइतबार बिहान अमेरिकामा भएको तेस्रो स्थानको भिडन्तमा उरुग्वेले क्यानाडालाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो ।

यसअघि निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएको थियो । कप्तान लुइस स्वारेजले इन्जुरी समयमा गोल गर्दै उरुग्वेलाई पेनाल्टी सुटआउटसम्म पुर्याएका हुन् ।

पेनाल्टीमा क्यानाडाका इस्माइल कोनको प्रहार गोलकिपर सर्जियो रोचटले बचाए । कप्तान अल्फन्सो डेभिसको प्रहार पोलमा लाग्यो । सर्वाधिक १५ पटकको च्याम्पियन भइसकेको उरुग्वेको लागि फेडेरिको भाल्भर्डे, राड्रिगो बेन्टानकर, डि एरस्कइट र स्वारेजको प्रहार गोल भएको थियो ।

त्यसअघि खेलमा अग्रता उरुग्वेले बनाएको थियो । रोड्रिगो बेन्टान्करले आठौं मिनेटमा गोल गरेका हुन् । इस्माइल कोनले २२औं मिनेटमा क्यानाडालाई १–१ को बराबरीमा ल्याएका हुन् । जानाथन डेविडले ८०औं मिनेटमा गोल गरेपछि क्यानाडाले २–१ को अग्रता बनाएको थियो ।

४६औं मिनेटमा डार्विन नुनेजको स्थानमा मैदान प्रवेश गरेका स्वारेजले इन्जुरी समयमा गोल गर्दै २–१ को बराबरी गरेका हुन् ।

अब, सोमबार बिहान हुने फाइनल खेलमा उपाधिका लागि अर्जेन्टिना र कोलम्बिया भिड्नेछन् । अर्जेन्टिना कीर्तिमानी १६औं पटक उपाधि जित्ने योजनामा छ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।