चैत्र १३, २०८२ शुक्रबार | ००:१६:४७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

कोपा अमेरिकाः उरुग्वेलाई तेस्रो स्थान

काठमाडौं । कोपा अमेरिका २०२४ मा उरुग्वेले तेस्रो स्थान हासिल गरेको छ । आइतबार बिहान अमेरिकामा भएको तेस्रो स्थानको भिडन्तमा उरुग्वेले क्यानाडालाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो ।

यसअघि निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएको थियो । कप्तान लुइस स्वारेजले इन्जुरी समयमा गोल गर्दै उरुग्वेलाई पेनाल्टी सुटआउटसम्म पुर्याएका हुन् ।

पेनाल्टीमा क्यानाडाका इस्माइल कोनको प्रहार गोलकिपर सर्जियो रोचटले बचाए । कप्तान अल्फन्सो डेभिसको प्रहार पोलमा लाग्यो । सर्वाधिक १५ पटकको च्याम्पियन भइसकेको उरुग्वेको लागि फेडेरिको भाल्भर्डे, राड्रिगो बेन्टानकर, डि एरस्कइट र स्वारेजको प्रहार गोल भएको थियो ।

त्यसअघि खेलमा अग्रता उरुग्वेले बनाएको थियो । रोड्रिगो बेन्टान्करले आठौं मिनेटमा गोल गरेका हुन् । इस्माइल कोनले २२औं मिनेटमा क्यानाडालाई १–१ को बराबरीमा ल्याएका हुन् । जानाथन डेविडले ८०औं मिनेटमा गोल गरेपछि क्यानाडाले २–१ को अग्रता बनाएको थियो ।

४६औं मिनेटमा डार्विन नुनेजको स्थानमा मैदान प्रवेश गरेका स्वारेजले इन्जुरी समयमा गोल गर्दै २–१ को बराबरी गरेका हुन् ।

अब, सोमबार बिहान हुने फाइनल खेलमा उपाधिका लागि अर्जेन्टिना र कोलम्बिया भिड्नेछन् । अर्जेन्टिना कीर्तिमानी १६औं पटक उपाधि जित्ने योजनामा छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो