माघ १९, २०८२ सोमबार | ०३:१२:३४
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

हार ब्यहोरेपछि समर्थकसँग झगडा गर्न उत्रिए नुनेज

काठमाडौं । कोपा अमेरिकाको सेमिफाइनलमा बिहीबार कोलम्बियासँग  पराजित भएपछि उरुग्वेका फरवार्ड डार्विन नुनेज समर्थकसँग झगडा गर्न पुगेका छन् । खेल सकिनासाथ नुनेजले स्ट्यान्डमा रहेका कोलम्बियन समर्थकसँग झगडा गरेको देखिएको थियो ।

उरुग्वेको सञ्चारमाध्यम एल पेसका अनुसार खेलाडीका साथी र परिवारका सदस्यहरू बस्ने ठाउँ नजिकै यो झडप भएको थियो । नुनेजले घटनाका बारेमा हालसम्म सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन्।

नर्थ क्यारोलिनास्थित बैंक अफ अमेरिका रंगशालाको स्ट्यान्डको रेलिङमा चढेर नुनेज झगडा गरिरहेको तस्बिर तथा भिडियाे सञ्चारकर्मी र समर्थकले कैद गरेका थिए । जसमा नुनेजले कोलम्बियन समर्थकको को सामना गरिरहेको र अरूले उनलाई रोक्न खोजेको देखिएको छ । घटनामा उरुग्वेका अन्य खेलाडी पनि संलग्न रहेकाे बताइएको छ ।

उरुग्वेका कप्तान जोसे मारिया गिमेनेजले खेलाडीले आफ्नो परिवारको रक्षा गर्न खोजेको प्रतिक्रिया दिएका छन् । ‘त्यहाँ कुनै प्रहरी थिएनन् त्यसैले हामीले नै आफ्नो परिवारको रक्षा गर्नुपर्यो। यो दुई वा तीन व्यक्तिको गल्ती हो जसले धेरै रक्सी पिएका थिए,’  गिमिनेजले भने ।  

यो घटना हुनुभन्दा केही समयअघि खेलाडी र कोचिङ स्टाफबीच मैदानमै झडप भएको थियो ।

कोलम्बियासँग १-० ले पराजित भएपछि उरुग्वे प्रतियोगिताबाट बाहिरिएको थियो । सोमबार हुने फाइनलमा कोलम्बियाले  साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।