चैत्र ८, २०८२ आइतबार | १२:१५:१७
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

हार ब्यहोरेपछि समर्थकसँग झगडा गर्न उत्रिए नुनेज

काठमाडौं । कोपा अमेरिकाको सेमिफाइनलमा बिहीबार कोलम्बियासँग  पराजित भएपछि उरुग्वेका फरवार्ड डार्विन नुनेज समर्थकसँग झगडा गर्न पुगेका छन् । खेल सकिनासाथ नुनेजले स्ट्यान्डमा रहेका कोलम्बियन समर्थकसँग झगडा गरेको देखिएको थियो ।

उरुग्वेको सञ्चारमाध्यम एल पेसका अनुसार खेलाडीका साथी र परिवारका सदस्यहरू बस्ने ठाउँ नजिकै यो झडप भएको थियो । नुनेजले घटनाका बारेमा हालसम्म सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन्।

नर्थ क्यारोलिनास्थित बैंक अफ अमेरिका रंगशालाको स्ट्यान्डको रेलिङमा चढेर नुनेज झगडा गरिरहेको तस्बिर तथा भिडियाे सञ्चारकर्मी र समर्थकले कैद गरेका थिए । जसमा नुनेजले कोलम्बियन समर्थकको को सामना गरिरहेको र अरूले उनलाई रोक्न खोजेको देखिएको छ । घटनामा उरुग्वेका अन्य खेलाडी पनि संलग्न रहेकाे बताइएको छ ।

उरुग्वेका कप्तान जोसे मारिया गिमेनेजले खेलाडीले आफ्नो परिवारको रक्षा गर्न खोजेको प्रतिक्रिया दिएका छन् । ‘त्यहाँ कुनै प्रहरी थिएनन् त्यसैले हामीले नै आफ्नो परिवारको रक्षा गर्नुपर्यो। यो दुई वा तीन व्यक्तिको गल्ती हो जसले धेरै रक्सी पिएका थिए,’  गिमिनेजले भने ।  

यो घटना हुनुभन्दा केही समयअघि खेलाडी र कोचिङ स्टाफबीच मैदानमै झडप भएको थियो ।

कोलम्बियासँग १-० ले पराजित भएपछि उरुग्वे प्रतियोगिताबाट बाहिरिएको थियो । सोमबार हुने फाइनलमा कोलम्बियाले  साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो