माघ १८, २०८२ आइतबार | १२:५३:३२
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

अर्जेन्टिना उपाधि नजिक

काठमाडौं । क्यानाडाविरुद्ध २-० को सहज जित निकाल्दै साविक विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ ।

अमेरिकाको मेटलाइफ रंगशालामा बुधबार अर्जेन्टिनालाई जित दिलाउन जुलियन अल्भारेज र कप्तान लियोनल मेसीले गोल गरे ।

खेलको २२औं मिनेटमा अल्भारेजको गोलमार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो । उनले रोड्री डी पउलको पासलाई सदुपयोग गरे ।

५१औं मिनेटमा मेसीले टोलीको अग्रता दोब्बर बनाए । उनले इन्जो फर्नान्डेजको पासलाई पोस्टको दिशा दिए ।

त्यसपछि थप गोल हुन नसक्दा अर्जेन्टिना ३०औं पटक उपाधि नजिक पुग्यो । कोपा अमेरिकामा हालसम्म सर्वाधिक १५ पटक उपाधि जितेको अर्जेन्टिना १४ पटक उपविजेता बनेको छ ।

कोपा अमेरिकाको जारी संस्करणमा अर्जेन्टिना र क्यानडा एउटै समूहबाट अगाडि बढेका हुन् । समूह ‘ए’ बाट अर्जेन्टिना विजेता र क्यानाडा उपविजेता हुँदै नकआउट चरणमा पुगेका थिए ।

समूह चरणको खेलमा पनि अर्जेन्टिना २-० ले नै विजयी भएको थियो ।

क्वार्टरफाइनलमा अर्जेन्टिना र क्यानाडा दुवैले सुटआउटमा जित निकालेका थिए । अर्जेन्टिनाले इक्वेडरलाई ४-२ तथा क्यानाडाले भेनेजुएलालाई ४-३ ले हराएका थिए ।

अर्जेन्टिनाले उपाधिका लागि उरुग्वे र कोलम्बियाबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।