चैत्र १७, २०८२ मंगलबार | २१:१३:३२
नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल

अर्जेन्टिना उपाधि नजिक

काठमाडौं । क्यानाडाविरुद्ध २-० को सहज जित निकाल्दै साविक विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ ।

अमेरिकाको मेटलाइफ रंगशालामा बुधबार अर्जेन्टिनालाई जित दिलाउन जुलियन अल्भारेज र कप्तान लियोनल मेसीले गोल गरे ।

खेलको २२औं मिनेटमा अल्भारेजको गोलमार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो । उनले रोड्री डी पउलको पासलाई सदुपयोग गरे ।

५१औं मिनेटमा मेसीले टोलीको अग्रता दोब्बर बनाए । उनले इन्जो फर्नान्डेजको पासलाई पोस्टको दिशा दिए ।

त्यसपछि थप गोल हुन नसक्दा अर्जेन्टिना ३०औं पटक उपाधि नजिक पुग्यो । कोपा अमेरिकामा हालसम्म सर्वाधिक १५ पटक उपाधि जितेको अर्जेन्टिना १४ पटक उपविजेता बनेको छ ।

कोपा अमेरिकाको जारी संस्करणमा अर्जेन्टिना र क्यानडा एउटै समूहबाट अगाडि बढेका हुन् । समूह ‘ए’ बाट अर्जेन्टिना विजेता र क्यानाडा उपविजेता हुँदै नकआउट चरणमा पुगेका थिए ।

समूह चरणको खेलमा पनि अर्जेन्टिना २-० ले नै विजयी भएको थियो ।

क्वार्टरफाइनलमा अर्जेन्टिना र क्यानाडा दुवैले सुटआउटमा जित निकालेका थिए । अर्जेन्टिनाले इक्वेडरलाई ४-२ तथा क्यानाडाले भेनेजुएलालाई ४-३ ले हराएका थिए ।

अर्जेन्टिनाले उपाधिका लागि उरुग्वे र कोलम्बियाबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो