चैत्र ९, २०८२ सोमबार | २२:२९:१०
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा

काठमाडौं । फ्रान्सलाई २-१ ले हराउँदै स्पेन युरोपियन च्याम्पियनसिप २०२४ को फाइनल प्रवेश गरेको छ । स्पेनको जितमा लमिन यमल र डानी ओल्मोले गोल गरे ।

दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्ड र नेदरल्यान्ड्स आज राति प्रतिस्पर्धा गर्ने तालिका छ । यो खेलको विजेतासँग स्पेनले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

स्पेन पाँचौं पटक उपाधि नजिक पुगेको छ । यसअघि टोलीले सन् १९६४, २००८ र २०१२ मा उपाधि जितेको थियो । १९८४ मा उपविजेता भएको थियो ।

फ्रान्सले हालसम्म दुई पटक युरो जितेको छ । सन् २०१८ को विश्व विजेता तथा २०२२ को उपविजेता फ्रान्सले सन् १९८४ र २००० मा युरो उपाधि जितेको  थियो ।

जर्मनी बुन्डेसलिगा क्लब बायर्न म्युनिखको एलिएन्ज मैदानमा पहिलो हाफमै तीन गोल भएका थिए । ७० हजार समर्थकमाझ फ्रान्सले पहिलो अग्रता बनाएको थियो । तर, स्पेनले लगत्तै पुनरागमन गर्यो ।

खेलको नवौं मिनेटमा फ्रान्सले अग्रता बनाएको थियो ।  कप्तान केलियन एम्बाप्पेको पासमा रान्डल कोलो मुअनीले हेड गोल गरेका हुन् ।

 स्पेनले २१औं मिनेटमै बराबरी गोल गर्याे । यमलले बक्स बाहिरबाट दोस्रो बार च्याप्दै उत्कृष्ट गोल गरेका थिए । १६ वर्ष ३६२ दिनका यमल कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् ।

डानी ओल्मोले २५औं मिनेटमा अर्काे गोल थप्दै पहिलो हाफमै २-१ ले अग्रता बनाउन सफल रहे । ओल्मोको शक्तिशाली प्रहार फ्रान्सका रक्षक जुलस कुन्डेलाई लाग्दै गोल भएको थियो ।

स्पेन जर्मनीलाई २-१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको थियो । फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराएको हो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो