माघ १५, २०८२ बिहीबार | ०४:०९:५८
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा

काठमाडौं । फ्रान्सलाई २-१ ले हराउँदै स्पेन युरोपियन च्याम्पियनसिप २०२४ को फाइनल प्रवेश गरेको छ । स्पेनको जितमा लमिन यमल र डानी ओल्मोले गोल गरे ।

दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्ड र नेदरल्यान्ड्स आज राति प्रतिस्पर्धा गर्ने तालिका छ । यो खेलको विजेतासँग स्पेनले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

स्पेन पाँचौं पटक उपाधि नजिक पुगेको छ । यसअघि टोलीले सन् १९६४, २००८ र २०१२ मा उपाधि जितेको थियो । १९८४ मा उपविजेता भएको थियो ।

फ्रान्सले हालसम्म दुई पटक युरो जितेको छ । सन् २०१८ को विश्व विजेता तथा २०२२ को उपविजेता फ्रान्सले सन् १९८४ र २००० मा युरो उपाधि जितेको  थियो ।

जर्मनी बुन्डेसलिगा क्लब बायर्न म्युनिखको एलिएन्ज मैदानमा पहिलो हाफमै तीन गोल भएका थिए । ७० हजार समर्थकमाझ फ्रान्सले पहिलो अग्रता बनाएको थियो । तर, स्पेनले लगत्तै पुनरागमन गर्यो ।

खेलको नवौं मिनेटमा फ्रान्सले अग्रता बनाएको थियो ।  कप्तान केलियन एम्बाप्पेको पासमा रान्डल कोलो मुअनीले हेड गोल गरेका हुन् ।

 स्पेनले २१औं मिनेटमै बराबरी गोल गर्याे । यमलले बक्स बाहिरबाट दोस्रो बार च्याप्दै उत्कृष्ट गोल गरेका थिए । १६ वर्ष ३६२ दिनका यमल कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् ।

डानी ओल्मोले २५औं मिनेटमा अर्काे गोल थप्दै पहिलो हाफमै २-१ ले अग्रता बनाउन सफल रहे । ओल्मोको शक्तिशाली प्रहार फ्रान्सका रक्षक जुलस कुन्डेलाई लाग्दै गोल भएको थियो ।

स्पेन जर्मनीलाई २-१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको थियो । फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराएको हो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।