चैत्र १३, २०८२ शुक्रबार | १९:५१:०६
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

अल्कान्टाराले लिए व्यावसायीक फुटबलबाट संन्यास

काठमाडौं । स्पेनिस मिडफिल्डर थियागो अल्कान्टाराले व्यावसायीक फुटबलबाट संन्यास लिने घोषणा गरेका छन् । ३३ वर्षिय अल्कान्टाराले सामाजिक सञ्जालमार्फत १६ वर्षे करिअरबाट विश्राम लिने निर्णय गरे ।

पछिल्लो समय अल्कान्टारा चोटसँग संघर्ष गरिरहेका छन् । उनले गत सिजन मात्र एक खेल खेलेका थिए ।

उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्,‘मैले जे-जे पाएको छु यो सबै फुटबलकै कारण हो । त्यसैले धन्यवाद, फुटबल । मलाई साथ दिने र राम्रो खेलाडी तथा व्यक्ति बनाउन सहगोग गर्ने सबैप्रति आभार ।’

थियागोको २०२२ २३ को सिजनमा हिपको शल्यक्रिया भएको थियो । उनी २०२४ को फेब्रुअरीमा आर्सनलविरुद्धको खेलमार्फत मैदान फर्किएका थिए । तर पहिलो खेलमै घाइते भएका अल्कान्टारा त्यसपछि मैदानमा देखिएका थिएनन् । 
 । 

सन् २०२० मा बायर्न म्युनिखबाट चार वर्षको सम्झौतामा लिभरपुल अनुबन्ध भएका अल्कान्टाराले क्लबका लागि ९८ खेल खेले । लिभरपुलमा रहँदा अल्कान्टाराले सन् २०२२ मा एफए कपको उपाधि जिते ।

अल्कान्टाराले सन् २००८ मा स्पेनिस क्लब बार्सिलोनाबाट आफ्नो सिनियर करिअर सुरु गरेका थिए । सन् २०१३ सम्म क्याम्प नोउमा रहँदा उनले चार स्पेनिस ला लिगा तथा समान एक  च्याम्पियन्स लिग, कोपा डेल रे र  स्पेनिस सुपर कपको उपाधि जितेका थिए ।

अल्कान्तारा सन् २०१३ मा जर्मन क्लब बायर्न म्युनिख पुगे । त्यहाँ सात वर्ष बिलाउँदा उनले सात जर्मन बुन्डेसलिगा, चार डिएफबी पोकल, दुई जर्मन सुपर कप र एक च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

उनले स्पेनका लागि सन् २०११ देखि २०२१ सम्म ४६ खेल खेल्दा दुई गोल गरे । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो