माघ १९, २०८२ सोमबार | ००:५३:३६
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

अल्कान्टाराले लिए व्यावसायीक फुटबलबाट संन्यास

काठमाडौं । स्पेनिस मिडफिल्डर थियागो अल्कान्टाराले व्यावसायीक फुटबलबाट संन्यास लिने घोषणा गरेका छन् । ३३ वर्षिय अल्कान्टाराले सामाजिक सञ्जालमार्फत १६ वर्षे करिअरबाट विश्राम लिने निर्णय गरे ।

पछिल्लो समय अल्कान्टारा चोटसँग संघर्ष गरिरहेका छन् । उनले गत सिजन मात्र एक खेल खेलेका थिए ।

उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्,‘मैले जे-जे पाएको छु यो सबै फुटबलकै कारण हो । त्यसैले धन्यवाद, फुटबल । मलाई साथ दिने र राम्रो खेलाडी तथा व्यक्ति बनाउन सहगोग गर्ने सबैप्रति आभार ।’

थियागोको २०२२ २३ को सिजनमा हिपको शल्यक्रिया भएको थियो । उनी २०२४ को फेब्रुअरीमा आर्सनलविरुद्धको खेलमार्फत मैदान फर्किएका थिए । तर पहिलो खेलमै घाइते भएका अल्कान्टारा त्यसपछि मैदानमा देखिएका थिएनन् । 
 । 

सन् २०२० मा बायर्न म्युनिखबाट चार वर्षको सम्झौतामा लिभरपुल अनुबन्ध भएका अल्कान्टाराले क्लबका लागि ९८ खेल खेले । लिभरपुलमा रहँदा अल्कान्टाराले सन् २०२२ मा एफए कपको उपाधि जिते ।

अल्कान्टाराले सन् २००८ मा स्पेनिस क्लब बार्सिलोनाबाट आफ्नो सिनियर करिअर सुरु गरेका थिए । सन् २०१३ सम्म क्याम्प नोउमा रहँदा उनले चार स्पेनिस ला लिगा तथा समान एक  च्याम्पियन्स लिग, कोपा डेल रे र  स्पेनिस सुपर कपको उपाधि जितेका थिए ।

अल्कान्तारा सन् २०१३ मा जर्मन क्लब बायर्न म्युनिख पुगे । त्यहाँ सात वर्ष बिलाउँदा उनले सात जर्मन बुन्डेसलिगा, चार डिएफबी पोकल, दुई जर्मन सुपर कप र एक च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

उनले स्पेनका लागि सन् २०११ देखि २०२१ सम्म ४६ खेल खेल्दा दुई गोल गरे । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।